कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण गरिनुपर्नेमा जोड

 न्यूज विराट
कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण गरिनुपर्नेमा जोड

विराटनगर । कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा विराटनगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका हुन् ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि ल्याउन कृषी क्षेत्रमा आधुनिकरण गरेर अगाडी बढनुपर्ने बताए । उनले कृषि क्षेत्रलाई प्रविधि र व्यवसायिकरण गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।
उनले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ व्यवसायीक र कर्मचारीहरुको हितमा रहेको बताए । उनले कर्मचारी र व्यवसायीकको माग आगामी दिनमा सम्वोधन गरेर अगाडी बढनुपर्ने बताए ।
परिषदका उपाध्यक्ष जनकवहादुर रावलले किसानलाई गुणस्तरजन्य पशुजन्य उत्पादनमा ऐन सहयोगी भएको बताए । परिषदका अध्यक्ष देवेन्द्र यादव, मन्त्रालयका सचिव लेखराज डा लेखराज दाहाल ऐनले पाठकयक्रम परिमार्जन, परिक्षा संचालन, अनुगमन, आचार संहिता पालन, अध्ययन अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने बताए । परिषदका रजिष्टार पूर्णबहादुर वढाले ऐन सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । गोष्ठी प्रदेशका १४ जिल्ला पशु स्वास्थ्य क्षेत्रमा आवद्ध कर्मचारी एवं व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकालविरुद्ध पाँच दिन म्याद थप

विराटनगर, १६ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकालविरुद्ध जिल्ला अदालत मोरङले अनुसन्धानका लागि म्याद दिन म्याद थप गरेको छ । बुधबार पक्राउ परेका विराटनगर–१२...

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...

रीता न्यौपानेलाई हराएर मोरङ ६(१) बाट जिवन आचार्य चुनिने सम्भावना प्रबल

विराटनगर । मंसिर ४ गते हुने निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको क्षेत्रमध्ये मोरङ क्षेत्र नं. ६(१) पनि हो । प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो । जहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका...

पोखरीयामा ११ कक्षामा पढ्ने विद्यार्थीको पनि आकर्षण, ४९६ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ ।कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको...

रथ यात्रामा राजकुमार रौनियारद्धारा निःशुल्क सर्वद र प्रसाद बाडिने

विराटनगर । विराटनगरमा भोली निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्रा रौनियार सेवा समाजका केन्द्रीय सदस्य तथा विराटनगरका संयोजक राजकुमार रौनियारले निःशुल्क सर्वद पानी र प्रसाद वितरण गर्ने भएका छन् ।...

श्रमिकको पारिश्रमिक बढाउन माग, नबढाए आन्दोलनमा उत्रिने जेटियुसीसीको चेतवनी

विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको छ । जेटियुसीसी कोशी प्रदेशले विराटनगरमा शनिबार...

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बेलुकी ५:३० बजे नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कोरोना महामारी विरुद्धको...

तयार भयो नेपालको नयाँ नक्सा, मन्त्री परिषदमा पेश हुँदै

काठमाडौं, जेठ ४-भूमि व्यवस्था मन्त्रालयले नेपालको नयाँ नक्सा तयार पारेको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । मन्त्रालयले तयार पारेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्