राशिफल

आज विराटनगरमा २४५ जनामा कोरोना संक्रमण

 न्यूज विराट
आज विराटनगरमा २४५ जनामा कोरोना संक्रमण

विराटनगर, ११ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, तेहृथुममा ७, इलाममा ४, उदयपुरमा ३, संखुवासभामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २४५, सुन्दरहरैचामा १७, बेलबारीमा ८, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरी र स्थानीय तह नखुलेका ४–४, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रंगेलीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानमा १–१, सुनसरीको धरानमा ११३, इटहरीमा ५२, इनरुवामा ९, दुहवीमा ७, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज र गढीमा ३–३, बर्जु, बराहक्षेत्र र कोशी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५, झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा ८, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, तेहृथुमको म्याङलुङमा ५, लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५२ महिला र १७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ६ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...