बालबालिका र अभिभावकको रोजाइमा डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर

 न्यूज विराट
बालबालिका र अभिभावकको रोजाइमा डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर

विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मेहनती शिक्षक शिक्षिकाहरुका कारणले विराटनगर – ४ स्थित डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको छ ।
डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टरमा साना बालबालिकाहरुको राम्रोसँग हेरचार गर्दै अत्याधुनिक सुविधा सम्पन्न विशाल भवनमा भयरहित वातावरणमा रमाउँदै, खेल्दै नयाँ–नयाँ कुरा सिकिरहेको देख्न पाइन्छ ।

सेन्टरले यस्तो रचनात्मक धरातल तयार गर्दैछ, जहाँ बालबच्चाहरुले आफ्नो शिक्षा र सिपलाई जीवनोपयोगी बनाउन सक्नेछन् । एसियाकै नयाँ कॉन्सेप्ट ‘एमएड’ पद्दतिलाई डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टरले संचालनमा ल्याएको प्रिन्सिपल हेमेन्द्र कुमार कर्णले बताए ।

७ वर्ष अगाडी रिसर्च गरेर मैटर, मशीन एंड मैथमेटिक्स, मेडिसिन एंड मेडिकेशन, मैनेजमेंट, मोटिवेशन,मैनकाइंड एंड ह्यूमैनिटी, मोरलाईजेशन मैडिटेशन तथा माइन्ड एण्ड मेमोरीको विस्तृत भौतिक र मनोवैज्ञानिक सिद्धान्तलाई समेटेर डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर संचालनमा ल्याएको उनले बताए ।

बालबालिकाहरुको लागि बाल्य अवस्थादेखि नै आई.टी. र रोबोटिक्स जस्ता अत्याधुनिक टेक्नोलोजीहरुको प्रयोग गरिएको छ । यहाँ सम्म की मन्टेश्वरीमा लगाएको कलर र डिजाइनिंग पनी बालबालिकाको मनोविज्ञानमा आधारित रहेको छ । हरेक कक्षामा सि.सि टि.भी.को व्यवस्था रहेको तथा बालबालिकालाई अविभावकहरुले घर अथवा विदेश बाटै पनि मोबाइल एप्लीकेशनद्वारा अनुगमन वा निगरानी समेत गर्न सकने व्यवस्था रहेको छ । यहाँ पढाउने मोंटेसरी ट्रेनिंग बाट पूर्व प्रशिक्षित शिक्षकहरुलाई थप तीन महीने ‘एमएड’ ट्रेनिंग दिएर राखिएको छ । यसका साथै थप ८४ प्रकारको फरक–फरक ट्रेनिंग शिक्षकहरुलाई दिने प्रिन्सिपल कर्णले बताए ।

हाम्रो शरीरमा भएका पंचेन्द्रियको प्रयोग गरेर (जस्तो सुन्ने, छुने, महसुस गर्ने, गंध र स्वाद थाहा पाउने) अध्यापन गरिने पद्धति नै मोंटेसरी शिक्षा हो । तर यहाँ त्यस परम्परागत शैली भन्दा माथि उठेर बाल मस्तिष्कमा सु–संस्कार र आध्यात्म–विज्ञानको सञ्चार गरी भावनात्मक स्थिर (इमोशनली स्टेबल), सदाचारी तथा चरित्रवान जनशक्ति उत्पादन हुने गरी अध्यापन गराइन्छ । यसमा बालबालिकाको शैक्षिक विकासलाई उनीहरूको मानसिक तथा चारित्रिक विकाससँग जोडेर हेरिन्छ । यो पद्धति लर्निङ बाइ डुइङ तथा लर्निङ विथ फनको अवधारणामा आधारित छ । दिमागी बोझ बिना नै देखाउँदै–खेलाउँदै बालबालिकाको मस्तिष्क विकासमा टेवा पुर्याउने यो पद्धतिले बालबालिकाहरूलाई पढेर ठूलो मानिस बनाउने भन्दा पनि असल मानिस बनाउनेमा केन्द्रित रहेको प्रिन्सिपल कर्णले बताए ।

अहिले नेपालमा मोंटेसरी स्कुल खुल्ने क्रम बढ्दो क्रममा छ भने समाजमा व्यवसाय गर्ने मानिसहरूको संख्या पनि उत्तिकै बढ्दैछ । आफ्ना छोराछोरीका लागि समय निकाल्न नसक्ने व्यस्त अभिभावकहरूका लागि यो मोंटेसरी अति उपयुक्त स्थान भएको उनले बताए ।

बालबालिकाहरू स्वस्थ तथा घरेलु वातावरणमा रमाउँदै–खेल्दै नयाँ–नयाँ कुराहरु सिकिरहेको यहाँ देख्न पाइन्छ । साना नानीहरूसँग तोतेबोलीमा कुरा गर्दै शिक्षिकाहरू उनीहरूलाई निकै स्नेहपूर्वक सुम्सुम्याइरहेको देख्न पाइन्छन् । यहाँ नानीहरूलाई विभिन्न शैक्षिक सामग्रीद्वारा व्यावहारिक जीवनमा आवश्यक पर्ने ज्ञान प्रदान गरिन्छ भने अन्तर्राष्ट्रिय स्तरको शैक्षिक पाठ्यक्रम यसको विशेषता रहेको छ ।

दिनको तीन पटक सम्म र महीना को २६ दिनै फरक फरक पोषण युक्त विशेष परिकर खुवाउने व्यवस्था यहाँ रहेको छ, जुन नेचुरोपैथी, आयुर्वेद र मॉडर्न न्यूट्रिशनलाई मध्ये नजर गरी तैयार गरिएको श्रीधान्या पद्दतिमा आधारित रहेको छ । साथै बालबालिकहरुलाई शारीरिक र मानसिक रूपमा शक्तिशाली बनाउन बच्चाहरुको समय समयमा मालिश, वाटर थेरेपी, लैंड थेरेपी आदि गराउने व्यवस्था पनि रहेको छ । पूर्णतया अंग्रेजी वातावरणमा अध्यापन गराउनुको साथै संस्कृत भासाको पनि ज्ञान दिने व्यवस्था रहेको छ । अत्याधुनिक प्रविधिको साथमा वैदिक गणित, आयुर्वेद र योगविद्याको पनि ज्ञान दिने व्यवस्था रहेको छ ।

आफ्नो संस्कार–संस्कृति लगायत चाडपर्वका बारेमा समेत विभिन्न क्रियाकलापद्वारा जानकारी गराइन्छ भने उनीहरूको शारीरिक विकासका लागि विविध खेलकुदमा सहभागी गराइन्छ । जसले शिशुको बौद्धिक विकासमा समेत प्रभाव पार्छ । बालबालिकाहरूको मानसिक विकासमा संस्कार र खेलकुदको ठूलो महत्व हुन्छ भन्ने उनको बुझाइ छ ।
ठूलो क्षेत्रफल ५ कट्ठामा फैलिएको खेल मैदानमा डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टरमा बालबालिकाका लागि प्रशस्त खेल्ने स्थान रहेको छ । साथै छुट्टै फन पार्क, स्विमिंग पूल र प्ले–स्टेशनको पनि व्यवस्था हुनेछ । हरेक बालबालिकालाई व्यक्तिगत हेरचाहमा राखिने यो स्कुलमा उनीहरूको सुरक्षाका लागि, लड़दा पनि चोट नलाग्ने कारपेटिंगको व्यवस्था समेत छ । २ देखि ६ वर्षसम्मका बालबालिकाहरु अध्ययनरत यो मोंटेसरीमा डायनामिक, इन्डिभिजुअल, प्रोग्रेसिभ तथा केयरिङ शैक्षिक वातावरणमा अध्यापन गराइन्छ । यहाँ प्रशस्त मात्रामा आउटडोर गेम तथा इंडोर प्ले मैटेरियल्स भएको यो स्कुल प्राइम लोकेसनमा भएकाले बालबालिकाहरूका लागि निकै उपयुक्त छ । यहाँ नेपालकै सर्वाधिक सुविधा सम्पन्न शैक्षिक व्यवस्था भएता पनि शुल्क साधारण परिवारले पनि सजिलै व्यहोर्न सकने खालको रहेको छ जसले उच्चस्तरीय शिक्षालाई सर्वसुलभ गरेको उनले जोड़ दिए ।

बालबालिकाको बौद्धिक विकासमा बढी केन्द्रित यो स्कुलमा सैद्धान्तिक एवं अन्य विभिन्न किसिमका आउटडोर क्रियाकलापद्वारा बालबालिकाहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिन्छ । ‘हामीकहाँ अध्ययनरत बालबालिका हरेक कोणबाट अब्बल तथा निडर छन् । प्राक्टिकल विषयमा बढी केन्द्रित गराइने हुनाले नजिकबाट नियाल्ने मात्र होइन त्यसलाई गहिरिएर बुझ्न सक्ने व्यक्तित्व निर्माणमा जुटिरहेका छौं’, प्रिन्सिपल कर्णले भने ।

सम्बन्धित समाचार

पोखरीमा डुबेर विराटनगरमा एक पुरुषको मृत्यु

विराटनगर , १० असोज । पोखरीमा डुबेर विराटनगर महानगरपालिका–१८ मा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीमा डुबेर ५७ वर्षीय धनीलाल ऋषिदेवको मृत्यु भएको हो । भैँसी...

कोशी अस्पतालको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, विरामीलाई समस्या

विराटनगर । सुनसरीको दुहबी नगरपालिका– १२ पूर्वकुसहा घर भएकी ७६ वर्षीया भगवती देवी गेलाल घरको सिढीबाट लडेर देब्रे खुट्टा भाँचिएको एक साता हुन लागेको छ । गत शुक्रबार खुट्टा भाँचिएपछि गेलाललाई परिवारले तत्काल विराटनगरस्थित कोशी...

मोरङ व्यापार संघद्धारा जनचेतना मूलक कार्यक्रम

विराटनगर । नेपाल ट्रेड पोर्टल तथा इयू रेक्स सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगरमा मंगलबार उक्त कार्यक्रम भएको हो । कार्यक्रमको...

पूर्वाञ्चल सुरक्षा व्यवसायी संघको अध्यक्षमा घिमिरे

विराटनगर, १५ साउन । पूर्वाञ्चल सुरक्षा व्यवसायी संघ १ नम्बर प्रदेशको छैठौ अधिवेशनवाट सुरक्षा व्यवसायी एवंम समाजसेवी तिर्थराज घिमिरे सर्वसम्मत चयन भएका छन । शनिवार वेलवारीमा भएको सो अधिवेशनबाट ११ सदस्यीय चयन गरिएको छ ।...

वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति

धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...

स्पेनिस ला लिगाका बाँकी खेलहरु जुनमा सुरु गर्ने योजना

एजेन्सी, बैशाख २३-स्पेनिस ला लिगाका बाँकी खेलहरु आगामी जुन महिनामा सुरु गर्ने तयारी थालिने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको ला लिगाका खेलहरु पुनः खेलाउने तयारीमा आयोजक जुटेका हुन् । स्पेनमा कोरोना भाइरसका...

मिल्स गोल्डकप शुक्रबारबाट, उद्घाटनमा एपीएफ र बर्दिवास भिड्ने

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो ३ दिन लगाएर पन्छाइयो

चितवन, ६ असार-नारायणगढ-सडकखण्डको चारकिलोमा खसेको पहिरो ३ दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरूपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्