होलीमा नियम उल्लघंन गर्ने कोशीमा ८७० सवारी कारवाहीमा, मोरङमा मात्रै २५६

 न्यूज विराट
होलीमा नियम उल्लघंन गर्ने कोशीमा ८७० सवारी कारवाहीमा, मोरङमा मात्रै २५६

विराटनगर । होलीमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० वटा सवारी साधनलाई कारवाही गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले तराइमा सोमबार भएको होली पर्वमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० वटा सवारी साधन कारवाही गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा परेको मध्ये दुई पाग्रे सवारी साधन ८२८ र आटो सिटी ४० र चार पाङग्रे २ वटा रहेको प्रदेश प्रहरीले जनाएको छ ।
होली मनाउने नाममा मापसे गरेर सवारी साधन चलाइरहेका र ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाहीको दायरामा ल्याएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी डिएसपी सुनिल दाहालले जानकारी दिए । कोशी प्रदेशको सबैभन्दा बढी झापामा सवारी साधान बढी कारवाहीमा परेको छ । झापामा ट्राफिक नियम उल्लघन गरेर सवारी चलाउने ४१८ वटा सवारी साधन कारवाहीमा गरिएको एसपी दहालले बताए । यसैगरी मोरङमा २५६ वटा सवारी साधन कारवाहिमा गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । ट्राफिक नियम उल्लघन गरेर सवारी चालाउने चालकलाई कारवाहीको दायारमा ल्याएको उनले बताए ।
यसैगरी सुनसरीमा १६३ र उदयपुरमा २४ वटा सवारी साधान कारवाहीमा गरिएको प्रहरीले जनाइएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले होली पर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको थियो । होलीमा कोशी प्रदेशमा ४ हजार ८ सय ६ं५ जना परिचालन भएको प्रदेश प्रहरीले जनाएको छ । प्रदेशभरीमा ११७ ठाउँमा चेकिङ, मोवाइल गस्ती ९६, पैदल गस्ती १८७, क्यूआरटी ३७८, अनुगमन ३१, रिजर्भ ३२ रहेको उनले बताए ।

होलीमा सुरक्षा व्यवस्था मजबुत बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा सिसी टिभिबाट पनि निगरानी गरिएको थियो । मोरङमा पनि तीन दर्जन भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको थियो ।
सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा सिसि टिभिबाट पनि निगरानी गरिएको प्रहरीले जनाएको छ ।
होलीलाई मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि प्रहरीले सचेत गराएको उनले बताए ।

सम्बन्धित समाचार

सहुलियतका लागि संघ र प्रदेशलाई उद्योगी-व्यवसायीको ध्यानाकर्षण

विराटनगर, २२ असार-प्रदेश–१ का उद्योगी व्यवसायीले लकडाउनका कारण सिर्जित आफ्ना समस्या तथा पाउनुपर्ने सहुलियतको बिषयमा संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न ४३ वटा व्यापारिक संघसंस्थामा आबद्ध भएका उनीहरूले सामूहिकरूपमा सरकारको ध्यानाकर्षण गराएका...

शैक्षिक गुणस्तर सुधारका लागि समुदाय परिचालन आवस्यक : मन्त्री घिमिरे

विराटनगर, असार असार १५–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवस्यक भएको बताएका छन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने...

सप्तरीका सङ्क्रमितमा पनि लक्षण देखिन थाल्यो

सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा...

भारतको आसाम र मेघालयमा बाढीको वितण्डा, ३२ जनाको मृत्यु

भारतको आसाम र मेघालयमा आएको बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार...

विराटनगरका ६ पत्रकार कोरोनामुक्त

विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु...

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं, ३२ साउन–नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब...

अध्यादेश : राष्ट्रप्रमुख गोटी भएको शेखर कोइरालाको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोरोना भाइरस संक्रमणको घडीमा सरकार नागरिकको जीवन रक्षाप्रति गम्भीर नभएको आरोप लगाएका छन् । उनले नागरिकको रक्षा गर्न र एकताबद्ध हुनुपर्ने बेला उल्टै लकडाउनको अवसर छोप्दै राजनीतिक...

प्रयोगशाला निर्देशक झासहित ६ जनालाई परिषद्ले सोध्यो स्पष्टीकरण

काठमाडौं, १ जेठ-नेपालका पहिलो कोरोना भाइरस संक्रमित युवाको जिनेटिक सरकारी अनुमति बिना नै अनुसन्धानका लागि दिइएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकससहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झा, इपिडिमियोलोजी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्