विराटनगरका ६ पत्रकार कोरोनामुक्त - News Birat

विराटनगरका ६ पत्रकार कोरोनामुक्त

न्यूज विराट

विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु मोहन भण्डारी, कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह कोरोना मुक्त भएका हुन् ।

पाँच जना मध्ये दुई जना होम आइसोलेसनमा बसेर उपचार गरेका थिए भने चार जना विराटनगर महानगरले बनाएको बैजनाथपुर स्थित आइसोलेसन सेन्टरमा बसेर स्वास्थ्य लाभ गरेका थिए ।

उहाँहरुलाई केही बेरमै आइसोलेसनबाट विदाई गर्ने तयारी भइरहेको छ । पत्रकारहरुलाई बिदाई गर्न विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली बैजनाथपुर पुगिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles