घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुनः निरौला, महिला उद्यम समितिमा भण्डारी

 न्यूज विराट
घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुनः निरौला, महिला उद्यम समितिमा भण्डारी

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुन : चेतनाथ निरौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको १२ औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालको लागि निरौला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा विजय कुमार राय, उपाध्यक्षमा चन्द्र प्रकास अधिकारी, तुलसी राम ढकाल, महासचिवमा उत्तम श्रेष्ठ, सचिवमा श्यामलाल पौडेल(भवेश), सहसचिवमा गणेश कुमार साह र कोषाध्यक्षमा सोमि भगत चौलागाई रहेका छन् ।
समितिको सदस्यहरुमा भुपाल थापा, लालबावु भगत, रमेश कुमार राउत, सायदा तबस्सुम, रमेश कुमार खड्का, ज्ञानीमाया अधिकारी, गुरु प्रसाद अधिकारी, रामचन्द्र निरौला, दिनेश कुमार ठाकुर, वैजनाथ शर्मा, कृष्ण पति लाल दास, किशोर कुमार पाण्डे र शर्मिला काफ्ले रहेका छन् ।

यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङको अध्यक्षमा अम्बिता भण्डारी चयन भएकी छिन् । समितिको १० औं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मालती उपाध्याय आचार्य, उपाध्यक्षमा यमुना पोखरेल, महासचिबमा भुमिका गिरी, कोषाध्यक्षमा रीता दाहाल रहेकी छिन् । यसैगरी सदस्यहरुमा रेखा कुमारी चौधरी, नरमाया दंगाल, दमान्ता कटुवाल, अञ्जु बस्नेत, कविता कार्की, हंस कुमारी माझी र लक्ष्मी घिमिरे रहेकी छिन् ।
नवनिर्वाचित कार्यसमितिहरुको पदस्थापन कार्यक्रम शुक्रबार रहेको थियो । सोही अवसरमा महासंघले होली मिलन कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा बोल्दै महासंघको अध्यक्ष निरौलाले घरेलु तथा साना उद्योगहरुको समस्या र यसको निवारणको लागि योजनाबद्ध तरिकाले अगाडी बढने बताए ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष मुकेश कुमार उपाध्याय, विशिस्ट अतिथि नेपाल घरेलुु तथा साना उद्योग कार्यालय प्रमुख जानुका न्यौपाने, महासंघको कोशी प्रदेश अध्यक्ष अन्जु उपाध्यायलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ मा ३३ संक्रमित थपिए, १४ डिस्चार्ज

विराटनगर, १ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४÷४, मोरङमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

खोपको असर : वीर अस्पतालका ६ स्वास्थ्यकर्मीलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या

कोरोना भाइरसविरुद्धको खोप लगाएका वीर अस्पतालका ६ जना स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या देखिएको छ । उनीहरूलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या देखिएको वीर अस्पतालको कोरोना फोकल पर्सन अच्युत कार्कीले जानकारी दिए । ‘खोप लगाएपछि केहीबेर ६...

यूएईद्वारा नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला

काठमाडौं, ८ असोज । यूएईले नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । कोरोना महामारीका कारण नेपालसहित भारत, पाकिस्तान, सियरा, लाइबेरिया, नामिबिया, नाइजेरिया, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगान्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई...

अब जोन्सनको खोप १८ वर्ष माथिकालाई पनि दिइने

काठमाडौं, ६ साउन । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य...

विश्वासको मत पाउन गणितले पुग्दैन, राजिनामा दिन मुख्यमन्त्रीलाई कांग्रेसको सुझाव

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन सुझाव दिएका छन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले विश्वासको मत पाउँछु भन्नेमा ढुक्क भएको...

पप्पुसहित ३ निर्माण कम्पनी फेरि परे कालोसूचीमा 

काठमाडौं, १४ साउन-निर्धारित समयमै काम सम्पन्न नगर्ने ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने कम्पनीमा सुमित रौनियारको पप्पु-प्रगति जे.भी, विरेन्द्र कुमार गुरुङको चमैता निर्माण सेवा र मनोज कुमार दासको माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स...

जग्गा विवादमा कुटपिट हुँदा घाइते एक जनाको मृत्यु

सप्तरी, ११ जेठ-सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए । जग्गाको विषयमा छिमेकीसँग...

प्रदेश २ मा  आज ८२ जना कोरोना संक्रमित थपिए

जनकपुर, १९ जेठ-प्रदेश २ का विभिन्न जिल्लामा गरी आज ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको राजगढ़ गाउँपालिकाका १२ जना पुरुष छन् । काठमाडौँको जनस्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्