अपहरणमा परेका भारतीय नागरिकको उद्धार

 न्यूज विराट
अपहरणमा परेका भारतीय नागरिकको उद्धार

अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो ।

सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमाअन्तर्गत रामनगर कोदरकट्टीमा झाडीमा खुट्टामा साङ्लोले बाँधी लडाईं राखिएको अवस्थामा साह भेटिएका हुन् ।

साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो । उक्त स्थानमा एक थान मोबाइल सेट पनि भेटिएको श्रेष्ठले बताउनुभयो । अपहरणमा परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने

विराटनगर, १४ जेठ-कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजिटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नेे तयारी सुरू गरेको प्रदेश सरकारले जनाएको...

नेप्से २५ अंकले घट्दा सेयरमा सर्किट ब्रेक

काठमाडौं,३० वैशाख  -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ ।  नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...

३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

चितवन, २० पुुस-सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट...

विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...

सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, ब्याटिङ गर्दै मेयर राजवंशीले गरे उद्घाटन

विराटनगर । मोरङको सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सो वडामा तेस्रो वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको हो ।  प्रतियोगिताको सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीले उद्घाटन गरे ।...

सुरक्षा चुस्त पार्न सातै प्रदेशका प्रहरीलाई आइजीपी ज्ञवालीको निर्देशन

काठमाडौं, २४ वैशाख-प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरूलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन एका छन् । प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट आज भिडियो कन्फ्रेन्सद्वारा उनले यस्तो निर्देशन दिएका हुन् ।...

यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, ६ कात्तिक-सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रूपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात् झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ ।  विभिन्न विकास कार्यक्रममा खर्च गर्ने गरी...

न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्टिय सम्मान

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्