कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु
शुक्रबार, ०९ चैत, २०८०,
न्यूज विराट
विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले गरे । कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथामिकतामा राखेको बताए । आगमी आर्थिक वर्षको बजेट पनि खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर अगाडी बढने उनले बताए । आइटिएफ तेक्वान्दोलालगायतका खेलकुद गतिविधीहरु पनि आगमी दिनमा प्रदेशमा हुने उनले बताए । कार्यक्रममा बोल्दै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले खेलकुद क्षेत्रलाई राज्यले प्राथामिकतामा राख्नुपर्नेमा जोड दिए । आइटिएम तेक्वान्दो खेलकुदको विकासमा राज्य लाग्नुपर्ने उनले बताए । ‘खेलकुद क्षेत्रमा प्रयाप्त बजेट नराख्ने गरेको कारणले यस क्षेत्र पछि परेको छ,’ उनले भने, ‘खेलकुद क्षेत्रलाई चलायमन बनाउन तीन तहको सरकारले ध्यान दिन जरुरी रहेको छ ।’
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ छैटौं कोशी प्रदेश स्तरीय प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेशका ७ वटा जिल्लाका खेलाडीहरुको सहभागिता छन् । प्रदेश स्तरीय प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा र भोजपुरका १६१ जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा हुने प्रतियोगितामा एकल स्पायरिङ र एकल प्याटन विद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ७ वटै जिल्लाबाट खेलाडीका साथै अफिसियलहरुको उपस्थिति छ । प्रतियोगिता आयोजना गर्दा करिब १३ लाख अनुमानित खर्च हुने संघका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले जानकारी दिए ।
विराटनगर । ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब फाइनलमा पुगेको छ । विराटनगरको रंगशालामा जारी प्रतियोगितामा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो...
विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । विराटनगरमा जारी मतदानमा नेपाल चिकित्सक संघमा १२ सय ८१ जना सदस्यहरुले मतदान गरिरहेका छन । निर्वाचनमा डा.कैलाश कुमार...
काठमाडौं, २६ चैत । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका- ८ दुर्गाचोकका ४२ वर्षीय उत्तम सुवेदीले बिहीबार आफ्नै घरको भान्छामा पासो लगाएर आत्महत्या गरेका थिए । उत्तमलाई आत्महत्या गर्न...
काठमाडौं, ८ असोज-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरबाट आज ४ सय ५७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५०...
विराटनगर । झापाको ओम साई पाथीभरा हस्पिटलले जीनोम परीक्षण सेवा सुरु गरेको छ । कोशी प्रदेशको झापा, सुनसरी र विराटनगरका प्रमुख शहरहरुबाट डीएनए संरचनाको परीक्षण गर्ने सेवा सुरु गरिएको हो । भारतको डेल्टाज्सँगको सहकार्यमा यो...
काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र...
काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले...
काठमाडौं, २३ साउन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको...