घट्यो ब्रोकर कमिसन, बढीमा ०.४ प्रतिशत मात्रै लिन पाउने

 न्यूज विराट
घट्यो ब्रोकर कमिसन, बढीमा ०.४ प्रतिशत मात्रै लिन पाउने

काठमाडौं, १० पुस-लगानीकर्ताको लामो संघर्षपछि धितोपत्र बोर्डले शुक्रबारबाट धितोपत्र दलाल ब्रोकरले लिने कमिसन घटाएको छ । शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै अब लगानीकर्ताको कारोबारअनुसार थोरैमा ०.२७ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन लिन सक्ने व्यवस्था गरेको हो ।

बोर्डले ८५ प्रतिशत लगानीकर्ताले अनलाइन प्रणालीबाट शेयर कारोबार गर्ने तथा दैनिक ९ अर्बभन्दा बढीको कारोबार भइरहेको अवस्थामा ब्रोकर कमिसन मात्रै करौडौँ रुपैयाँ बुझाउनुपर्ने बाध्यात्मक स्थितिलाई परिमार्जन गर्दै लगानीकर्तालाई सहज बनाएको छ ।

बोर्डले आइतबारबाट लागू हुने गरी धितोपत्र व्यवसायी नियमावली २०६४ (तेस्रो संसोधन) को नियम ३२(१) बमोजिम व्यवसायीले धितोपत्र कारोबार गराएवापत ग्राहकबाट प्राप्त गर्ने शुल्कसम्बन्धी विद्यमान अनुसूची १४ लाई सच्याउँदै कमिसन घटाएको हो ।

बोर्डका अनुसार अब लगानीकर्ताबाट धितोपत्र दलालले ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत,२० लाखदेखि १ करोडसम्म ०.३० प्रतिशत र १ करोडभन्दा माथिको रकमको कारोबारमा ०.२७ प्रतिशतसम्म कमिसन अशुल गर्न सक्नेछन् ।

यसअघि लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.६० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत र ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.५० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.४५ प्रतिशत र १ करोड भन्दा माथिको कारोबार गरेवापत ०.६ प्रतिशत कमिसन ब्रोकरलाई तिर्दै आएका थिए ।

लगानीकर्ताले शेयरकारोबार पूर्णरूपमा अनलाईन प्रणालीमा गइसकेपछि पनि बिनाकारण ब्रोकरलाई कमिसन तिर्नुपर्ने भन्दै कमिसन घटाएर ०.२५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने माग गरेका थिए । यद्यपि बोर्डले कमिसन ०.४० प्रतिशतसम्म मात्र घटाएको छ ।

कमिसन घटाउन लामो समयसम्म आनकानी गरेको बोर्डले अर्थमन्त्री विष्णु पौडेलबाट घटाउन निर्देशन पाएसँगै कमिसन अध्ययनमा तीव्रता दिएको थियो । यद्यपि घटेको कमिसनप्रति अझै लगानीकर्ता सन्तुष्ट छैनन् । लगानीकर्ताले गरेको मागभन्दा बढी नै कमिसन लिन पाउने व्यवस्था गरेको हो ।

पछिल्लो समय अनलाईनबाट कारोबार गर्ने लगानीकर्ता बढेसँगै दैनिक कारोबार ९ अर्ब पुगेपछि लगानीकर्ताबाट दैनिक ४ देखि ६ करोडसम्म कमाउँदै आएका थिए । अब भने यो रकम घट्ने छ ।

सम्बन्धित समाचार

एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्षको घरजग्गा रोक्का गर्न आग्रह

अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घरजग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको...

लकडाउन जारी रहे नागरिकमा असन्तुष्टि बढ्छ : गृहमन्त्री

काठमाडौं, २३ वैशाख-गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले...

प्रेस युनियन मोरङका १४ जना बहुमत पदाधिकारी र सदस्यहरुद्वारा सामुहिक राजिनामा

विराटनगर २९ साउन । मोरङमा नेपाल प्रेस युनियन मोरङका बहुमत पदाधिकारी तथा सदस्यहररुले राजिनामा दिएका छन् । संगठनका प्रमुख जिम्मेबार मानिस नै गैर जिम्मेबार भइ संगठन चलायमान नगरेको अरुलाई सिकाउनुपर्ने जिम्मेबार पदाधिकारी सचिवनैै सामाजिक सन्जालमा...

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै जसपा सडकमा

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरमा विरोध जनाएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण...

२५ वैशाखपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने

काठमाडौं, २१ वैशाख-सरकारले २५ वैशाखपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो । ‘२५ सम्म लकडाउन छ । यो अवधिमा विद्यार्थीको...

आज २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

काठमाडौं, ८ कात्तिक-नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २७० संक्रमित थपिए, १९७ जना डिस्चार्ज

विराटनगर, १ मंसिर–प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका १४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्