ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित

 न्यूज विराट
ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित

विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।

लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।

विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ दशमलव १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीरले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेको छ । उने ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौक्का र १ छक्का हिर्काए । खेलको म्यान अफ द म्याच पनि उनै घोषित भए ।
राष्ट्रिय खेलाडीले भरिपूर्ण आर्मीका हरी चौहानले २६ बलमा ३८ रन बनाए । उनले २ छक्का र ५ चौक्का हिर्काए । सन्दिपले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रनको पारी खेल्दा उनले २ छक्का र २ चौक्का हिर्काए ।

बलिङमा वाइआरसीसीका बासपति सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । हरिषले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वाइआरसीसीले १९ दशमलव ५ बलमा अलआउट भई १५५ रनमा समेटियो । वाइआरसीसीका सोनु अन्सारीले ३७ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । उनले ६ छक्का र ४ चौक्का हिर्काए । अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाए । उनले २ छक्का र २ चौक्का हाने । सिद्धान्त लोहनीले १६ बलमा २८ रन रनको पारी खेल्दा अरु कुनैपनि ब्याट्रले दोहोरो अंक छोएनन् ।

बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओवरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । बिक्रम सोब, सुमि श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र नरी चौहानले समान १–१ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा एपीएफले दोस्रो जित हात पारेको छ । आफ्नो दोस्रो खेलमा भारत विहारको राहुल ११ नरपथगञ्जललाई ५ विकेटले स्तब्ध बनाउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
१३९ रनको विजय लक्ष्य पछ्याएको एपीएफले १८ दशमलव ३ बलमा ५ विकेटे गुमाइ पूरा गर्यो । एपीएफका विपिनले ३० बलमा ४४ रनको योगदान दिए । उनले ३ छक्का र ३ चौक्का हिर्काए । उनी म्यान अफ द म्याच घोषित भए । एपीएफका प्रदिप एरिले २८ बलमा २५ रन पारी खेल्दा प्रज्वल थापाले १० बलमा १७ रन बनाए । सुमित महर्जनले ७ बलमा १३ रन बनाउँदा अमर सिंहले १९ बलमा २२ रन बनाउँदै अविजित रहे ।
नरपथगञ्जका अमन यादवले ४ ओवरमा २१ रन खर्चेर ३ विकेट लिए । अमर चौधरीले ४ ओवरमा १८ रन खर्चेर २ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नरपथगञ्जका १६ दशवलम ३ ओवरमा अलआउट भइ १३८ रनमा समेटियो । नरपथगञ्ज अविशेष पाठकले १२ बलमा ४६ रन बनाए । उनले ७ छक्का र १ चौक्का हिकाए । सानुले २३ बलमा २६ रनको योगदान दिए ।

एपीएफका पुरन विक, तिलक, अमर सिंहले समान २–२ विकेट लिएका थिए ।
पहिलो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै एपीएफले जित दर्ता गराएको थियो ।
बुधबारको पहिलो खेल वाइआरसीसी र नरपथगञ्जबीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा आर्मी र एपीएफ बिच हुनेछ ।

म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार वितरण गरिदै ।

सम्बन्धित समाचार

आज २ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन वार्ता

काठमाडौं, ३० जेठ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् । वार्तामा मन्त्रीत्रयबीच कोभिड-१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह...

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै

जनकपुर, २ वैशाख-माटोको हिलो एकअर्कालाई छ्यापेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ । तर, मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुडशीतल यसैगरी मनाइँदै छ । यो वर्ष भने लकडाउनका कारण जुडशीतल पर्व प्रभावित भएको छ ।...

यस्तो छ आज दिनभर र राति देशभरकाे माैसम

काठमाडौं, २४ माघ । देशभर  आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएकाे माैसमविद्ले जानकारी दिएका छन् ।...

आज यी प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, असार १५  । आज पनि मुलुकभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा...

एसईइ रनिङ शिल्डको फाइनल आज , उपाधिको लागि बरहा र सत्यनारायण भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण...

पार्टी महाधिवेशनलगत्तै देउवाले संसद विघटन गर्छन्:हृदयेश त्रिपाठी

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् । त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु वैैशाखसम्मको मात्र भएको दावी गरे । गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्