विराटनगरका औषधी व्यवसायीद्धार अग्निपीडितलाई राहत बितरण

 न्यूज विराट
विराटनगरका औषधी व्यवसायीद्धार अग्निपीडितलाई राहत बितरण

विराटनगर । विराटनगरका औषधी व्यवसायीहरूले मोरङको रंगेली नगरपालिका – ३ बावुसाहेप टोलका अग्निपीडितलाई राहत वितरण गरेका छन् ।

अग्नी पीडितहरू बसेको ठाउँमा आइतबार व्यवसायीहरू पुगेर राहत वितरण गरेका हुन् ।
शनिबार दिउँसो विद्युत सट भएर रंगेली ३ मा २० घर जलेर २८ परिवारका १ सय १८ जना बिस्थापीत भएका छन् । उनीहरु जलेको घरदेखि दक्षिणमा त्रिपाल टाँगेर बसेका छन् ।
अग्नी पीडितहरुको जीवन यापनमा कष्टकर भएको जानकारी पाएपछि विराटनगरका औषधी व्यवसायीहरु राहत लिएर पुगेका हुन् । उनीहरुले खाद्यन्य, झुल र स्कुल पढने विद्यार्थीहरुको लागि स्टेशनरीको सामाग्री लिएर राहत वितरण गरेको नेपाल औषधी व्यवसायी संघका अध्यक्ष तथा श्री शिवम मेडिकल हलका संचालक देशबन्धु ढकालले जानकारी दिए ।
राहत वितरणमा सहयोग सेजल शैसवका संचालक याम चौलागाइ, शिवम मेडिकलको संचालक देशबन्धु ढकाल, न्यूरो हस्पिटल फार्मेशीका संचालक प्रविण प्रधान, कलश फार्मका संचालक बेदबहादुर थापा गणेश, इन भिजन ड्रग डिस्टुबिटर प्रालिका संचालक सुशिम घिमिरे, रविन्द्र कोइराला, महेश मण्डल, रुपक काफ्लेलगायतले सहयोग गरेका थिए । उनीहरू पुगेर अग्नी पीडितलाई राहत बाढेका हुन् ।

सम्बन्धित समाचार

संघ र प्रदेशबीच समन्वय हुनुपर्‍यो : मन्त्री घिमिरे

विराटनगर, ४ वैशाख-प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । संघीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा काममा दोहोरोपना आउने गरेको उनले...

मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, १३ सय प्रहरी खटिने

विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...

आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमण

पोखरा, ४ वैशाख-आरडीटीमा शंकास्पद देखिएकी पोखराकी महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । पोखरा महानगरपालिका–१२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मंगलबार पोखरा महानगरपालिका–१० र १२...

तेजस्वी सहकारीद्धारा रक्तदान कार्यक्रम, ३६ जनाले गरे रक्तदान

विराटनगर । विराटनगर – ५ मा रहेको तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा विराटनगरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान...

सुनवर्षीमा अक्सिजनसहित २० बेडको आइसोलेन केन्द्र सञ्चालन

विराटनगर, ५ जेठ । नयाँ भेरियन्टको कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि मोरङको सुनवर्षी नगरपालिकाले सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि नगरपालिकाले वडा नं. २ स्थित अमरदह स्वास्थ्य चौकीमा अक्सिजनसहितको...

होलीमा मर्यादा उल्लंघन गरेको आरोपमा मोरङमा ६६ जना प्रहरी नियन्त्रणमा

विराटनगर । होली पर्व मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने ६६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार होली खेल्ने क्रममा अवाञ्छित गतिविधि गरेको पाइएपछि मोरङबाट ६६ जनलाई शुक्रबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी...

प्रदेश १ बाट पदक विजेता तेक्वान्दो खेलाडीलाई सम्मान

विराटनगर । पोखरामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको छ । प्रदेश १ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा बुधबार विराटनगरमा एक कार्यक्रम...

प्रदेश १ मा ५५७ संक्रमित थपिए, ४७६ डिस्चार्ज

विराटनगर, ९ कात्तिक–पछिल्लापे २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मोरङका ४ पुरुष, सुनसरीका २ महिला १ पुरुष, झापा र इलामका १÷१ पुरुषको मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्