संघ र प्रदेशबीच समन्वय हुनुपर्‍यो : मन्त्री घिमिरे

 न्यूज विराट
संघ र प्रदेशबीच समन्वय हुनुपर्‍यो : मन्त्री घिमिरे

विराटनगर, ४ वैशाख-प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । संघीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा काममा दोहोरोपना आउने गरेको उनले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलगायतका विषयमा प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँग बिहीबार गरेको संवादमा उनले सो सुझाव दिएका हुन् ।

प्राविधिक धारका विद्यालय छनोट संघीय सरकारबाट हुँदा सही बुझाइ नभएको पाइएको उनले बताए । ‘प्राविधिक धारको शिक्षालाई स्थापीत गर्ने प्रदेश सरकारको एक खालको कार्यक्रम छ’, उनले भने ‘संघीय सरकारले समन्वय नगरि निर्णय गर्दा असजिलो भयो ।’

संघीय सरकारले निर्णय गर्दा प्रदेश सरकारसँग समन्वय गरेर मात्र गर्नुपर्ने मन्त्री घिमिरेको सुझाव छ । उनले मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीले सीटीईभीटीको कक्षा सञ्चालन गरिरहेको अवस्थामा संघीय सरकारले दमकमा अर्को कक्षा सञ्चालन गर्ने निर्णय गर्दा समस्या भएको बताए ।

‘उर्लाबारी र दमककै बीचमा समान प्रकृतिका कक्षा सञ्चालन त्यत्ति व्यवहारिक भएन’ उनले भने । प्रदेश सरकारले तेर्हथुमको म्याङलुङमा प्राविधिक शिक्षालाई स्थापना गर्ने सम्पूर्ण तयारी गरिरहँदा संघीय सरकारले तेह्रथुमकै आठराईमा अर्को शिक्षण संस्था सञ्चालनको तयारी गर्दा समन्वयको अभाव देखिएको उनले गुनासो गरे ।

मन्त्री घिमिरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबारे प्रदेशका मन्त्रीहरुले सञ्चार माध्यमबाट थाहा पाउँदा प्रदेश सरकारको अस्तित्वलाई वेवास्ता गरेको अनुभूति भएको बताए । नमूना विद्यालय छनोट र भवन निर्माणका लागि आउने वजेट र कार्यक्रमबारे समन्वय नभएको मन्त्री घिमिरेले बताए ।

केन्द्रबाट विना मापदण्ड कार्यक्रम वितरण गरिने कुराले समस्या भएको मन्त्री घिमिरेको भनाई छ । सशर्त कार्यक्रमबारे नीतिगत रुपमा स्पष्ट हुन आवस्यक रहेकोमा उनले जोड दिए । अघिल्लो वर्षको नीति तथा कार्यक्रममा विद्यालय मर्ज गर्ने नीति लिए पनि प्रभावकारी नभएकोले कार्यन्वयनमा जोड दिनुपर्ने मन्त्री घिमिरेले बताए ।

तराई क्षेत्रमा विद्यालय संख्या घटाउनु पर्नेमा उनको जोड छ । ‘तराईमा ३ हजारदेखि ५ हजारसम्म पढ्ने क्षमता भएको विद्यालयको विकास गर्नुपर्छ, तराईमा गाडी र पहाडमा होस्टलको प्रबन्ध गरिनु पर्छ’ उनले भने ।

मन्त्री घिमिरेले प्रदेश १ का ९० प्रतिशत विद्यालयले देशव्यापी लकडाउन सुरु हुनुअघि नै कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसकेकाले विद्युतीय माध्यमबाट नतिजा प्रकाशन गर्न अनुमति दिनु पर्ने उनले बताए । नतिजा प्रकाशन गरेपनि भर्ना भने रोक्नुपर्ने उनको सुझाव छ । एसईई परीक्षा लकडाउन खुलेको निश्चित अवधि भित्रमा हुने भनेर सूचना दिन आवश्यक रहेको उनले बताए ।

कोभिड १९ र शैक्षिक शत्र आव २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटलगायतका विषयको ई–मिटिङमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, ७ वटै प्रदेशका सामाजिक विकास मन्त्री, मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मनमोहन विश्वविद्यालयको शिक्षालयमा ‘स्पोर्ट्स मिट’ सुरु

विराटनगर । मनमोहनप्राविधिकविश्वविद्यालयको आंगिकशिक्षालयमनमोहन स्मृतिपोलिटेक्निकमातीनदिने ‘स्र्पोट मिट’ सुरुभएको छ ।मोरङको बुढीगंगा गाउँपालिका १ हात्तीमुढा स्थित विश्विद्यालय परिसरमाआइतवारदेखीमनमोहन स्मृति‘स्र्पोट मिट’ २०८१ सुरु भएको हो ।आइतवार मनमोहनप्राविधिकविश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त‘स्र्पोट मिट’ को उदघाटन गरे...

पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्दै राष्ट्र बैंक

काठमाडौं, १९ वैशाख-साना तथा घरेलु व्यवसायीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ ।साना तथा घरेलु व्यवसायीलाई प्राथमिकता दिनेगरी पुनर्कर्जा कार्यविधि बनाइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका हुन् ।पुनर्कर्जाको...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेकाले मूल्य...

चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीर

हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी...

घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुग्यो

विराटनगर, २७ पुस । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३,...

चीनलाई जस्तै नेपाललाई घेर्ने भारतको तयारी

काठमाडौं, १९ जेठ-नेपालको नयाँ नक्सा जारी भएर संविधान संशोधन प्रक्रिया अघि बढेसँगै भारत नेपालप्रति रुष्ट भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा सामेल गरेपछि भारतले यसलाई...

भौतिकरुपमै कक्षा १२ को परीक्षा संचालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, ८ भदौ । भौतिकरुपमा परीक्षा लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको लगाएर परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् संक्रमणको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्