प्रदेश १ मा ५५७ संक्रमित थपिए, ४७६ डिस्चार्ज - News Birat

प्रदेश १ मा ५५७ संक्रमित थपिए, ४७६ डिस्चार्ज

न्यूज विराट

विराटनगर, ९ कात्तिक–पछिल्लापे २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मोरङका ४ पुरुष, सुनसरीका २ महिला १ पुरुष, झापा र इलामका १÷१ पुरुषको मृत्यु भएको हो । यो सँगै प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ । जसमध्ये १६ जना प्रदेश १ बाहिरका रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ । मोरङमा २५०, सुनसरीमा ११८, झापामा १२४, उदयपुरमा १३, धनकुटामा ६, संखुवासभामा ९, इलाममा ८, भोजपुरमा १, र प्रदेश बाहिरका २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

मोरङको विराटनगर महानगरपालिकामा ५९ महिला ९२ पुरुष, बेलबारीमा नगरपालिकामा ३ महिला १० पुरुष, शुन्दरहरैँचामा नगरपालिकामा ४ महिला १९ पुरुष, रतुवामाई नगरपालिकामा ३ महिला ४ पुरुष, कानेपोखरी गाउँपालिकामा २ महिला ३ पुरुष, लेटाङ नगरपालिकामा ३ महिला ६ पुरुष, कटहरी गाउँपालिकामा २ पुरुष, ग्रामथान गाउँपालिकामा ३ महिला ३ पुरुष, मिक्लाजुङ गाउँपालिकामा १ महिला १ पुरुष, उर्लाबारी नगरपालिकामा ४ महिला ५ पुरुष, बुढीगंगा गाउँपालिकामा १ महिला १ पुरुष, सुनवर्षी र रंगेली नगरपालिकामा २÷२ पुरुष, पथरीशनिश्चरे नगरपालिकामा ८ महिला ८ पुरुष र स्थानीयतह नखुलेका १ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

त्यस्तै सुनसरीको देवानगञ्ज गाउँपालिकामा ३ पुरुष, बराहक्षेत्र नगरपालिकामा ३ महिला २ पुरुष, धरान उपमहानगरपालिकामा ५ महिला ६ पुरुष, इनरुवा नगरपालिकामा २ महिला ९ पुरुष, इटहरी उमहानगरपालिकामा २५ महिला ४४ पुरुष, दुहवी नगरपालिकामा २ महिला ४ पुरुष, बर्जु गाउँपालिकामा २ महिला, भोक्राहानरसिंह गाउँपालिकामा १ पुरुष, रामधुनी नगरपालिकामा २ महिला ३ पुरुष, हरिनगरा गाउँपालिकामा २ पुरुष, कोशी गाउँपालिकामा १ महिला १ पुरुष र गढी गाउँपालिकामा १ महिलाको कोरोना रिपोर्ज पोजिटिभ आएको छ ।

उता झापाको दमक नगरपालिकामा २७ महिला ४१ पुरुष, कन्काई नगरपालिकामा २ पुरुष, विर्तामोड नगरपालिकामा १० महिला १३ पुरुष, गौरादह नगरपालिकामा ३ महिला ८ पुरुष, कमल गाउँपालिकामा ३ महिला २ पुरुष, मेचीनगर नगरपालिकामा १ महिला ६ पुरुष, शिवसताक्षी नगरपालिकामा २ पुरुष, गौरीगञ्ज र हल्दीबारी गाउँपालिकामान २÷२ पुरुष र स्थानीयतह नखुलेका १ पुरुष १ महिलाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यसैगरी उदयपुरको बेलका नगरपालिकामा २ महिला ३ पुरुष, चौदण्डीगढी नगरपालिकामा ३ महिला ३ पुरुष र त्रियुगा नगरपालिकामा १ महिला १ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला ३ पुरुष, चौबिसे गाउँपालिकामा १ महिला र पाख्रिबास नगरपालिकामा १ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारी नगरपालिकामा ८ पुरुष र स्थानीयतह नखुलेका १ पुरुष, इलामको सुर्योदय नगरपालिकामा ३ महिला ५ पुरुष र भोजपुरको भोजपुरमा पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । आइतबार संक्रमण पुष्टि भएकासँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय १४ पुगेको छ । जसमा ५ हजार ९ सय ९२ महिला र ११ हजार ४ सय २२ पुरुष रहेका छन् । प्रदेश १ मा आइतबार कोरोना पुष्टि भएकासँगै सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ३३ पुगेको छ । जसमा ३ हजार ३ सय २५ महिला र ५ हजार ८ सय ८ पुरुष रहेका छन् ।

प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४७६ जना डिस्चार्ज भएका छन् । झापाका १० महिला २६ पुरुष, मोरङका ७७ महिला १२६ पुरुष, सुनसरीका ८९ महिला १३२ पुरुष, धनकुटाका १ पुरुष, भोजपुरका १ महिला २ पुरुष, उदपुरका २ महिला १ पुरुष, इलाम र पाँचथरका १÷१ पुरुष तथा प्रदेश १ बाहिरका ३ महिला ४ पुरुष कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । आइतबार डिस्चार्ज भएकासँगै प्रदेश १ मा हालसम्म ८ हजार १ सय १५ जना कोरोना भाईरसको संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । जसमा २ हजार ६ सय १७ महिला र ५ हजार ४ सय ९८ पुरुष डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा आइबारसम्म १ लाख ५४ हजार ५ सय ४० जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये १ लाख ३७ हजार १ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles