उदयपुरमा जिप दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते

 न्यूज विराट
उदयपुरमा जिप दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते

विराटनगर । उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो ।

दुर्घटना परी सात जनाको मृत्यु, ७ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए । अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको पनि प्रहरीको भनाइ ।

सम्बन्धित समाचार

२४ घण्टामा थपिए १०९ कोरोना संक्रमित, १०६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप...

संशोधन अस्वीकतपछि संदनबाट बाहिरकी गिरीले भनिन् : जातीय विभेद राखेर आक्रमण गरियो

काठमाडौं, ३१ जेठ-समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातिय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताइन् । संविधान संशोधनको विषयमा आफूले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिएकी सांसद गिरीले आफूले आफ्नो धारणा संसदमा राख्न...

तातोपानी नाकाबाट दैनिक स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं, १३ वैशाख-गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी...

विराटनरमा एसिसिएको नयाँ कक्षा सञ्चालन, शिक्षालय फाउन्डेशनमा विद्यार्थीको आकर्षण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड...

‘नटवरलाल उमेश विश्वकर्मा’: नक्कली र फर्जि बिल भरपाई पेश, कार्यक्रम नगरि बजेट झ्वाम

विराटनगर, असार १३। किर्ते, आर्थिक अनियमितता, राजश्व छली, फर्जि साधारणसभा लगायतको आरोप लागेका उमेश विश्वकर्माका विषयमा अर्को सनसनीपूर्ण खुलासा भएको छ । बैधानिक रुपमा साधारणसभा नगरि फर्जि साधारणसभाबाट मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालको...

बिरालो कालो होस् वा सेतो मुसा मारे पुग्छ : मुख्यमन्त्री राई

काठमाडौं, २७ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको बुधबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री...

लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो । रंगेलीमा...

अमरेशलाई कारबाही नगरे हामी नै राजीनामा दिन्छौँ भन्दै सर्लाहीबाट देउवालाई १२ नेताको चिट्ठी

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीकाे माग गर्दै उनकाे गृह जिल्ला सर्लाहीका १२ जना कांग्रेसीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन् । सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायतका नेताले हिजाे बिहीबार पत्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्