टी – २० क्रिकेट प्रतियोगिता : आर्मी सेमिफाइनलमा, दोस्रो खेलमा वागमतीको पहिलो जित
मङ्गलबार, २९ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो । आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ४ खेल खेलेको कोशीले १ मा जित र ३ खेलमा पराजित भएको छ । कोशी २ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने आर्मीले लगातार ३ खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मी ६ अंकाका साथमा शिर्ष स्थानमा छ । आर्मीले अव एपिएफसँग बुधबार दिउँसो लिगको अन्तिम खेल खेल्ने छ । सवै ४ खेलेको कर्णालीले २ मा जित र २ मा पराजित भए पछि ४ अंककासाथ दोस्रो स्थानमा रहेको छ भने २ खेलमा १ मा जित र १ मा पराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ । टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारेको थियो । कोशीका लागि दिपेश कँडेलले ३६ बलमा २ छक्का र २ चौका प्रहार गरि अविजिचत ४० रन बनाउँदा श्रवण यादवले १४ बलमा ५ चौका प्रहार गदै २९ रन बनाए । एक समय १५ दशमलव ८९ रनमा ६ विकेट गुमाएको कोशीकालागि कँडेल र यादवले २६ बलमा ४६ रनको अविजित पारी खेले । त्यस्तै अनिल लामिछानेले २१ रन र सुजन थपलियाले १४ रनको योगदान दिए । आर्मीका त्रितराज दास र पवन कार्कीले समान २–२ विकेट लिए ।
जवाफमा १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो । आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ३२ बलमा २ छक्का र ४ चौका प्रहार गरि ३५ रन जोड्दा सन्तोष कार्कीले २४ रन जोडे । कोशीका श्रिवण यादव र ज्ञानेन्द्र श्रेष्ठले २–२ विकेट लिए ।
दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरि सकेको वागमती प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितसँगै वागमती समुह वि मा ३ खेलमा १ मा जित र २ मा पराजित हुँदै २ अंकको साथ तस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको चारै खेलमा पराजित अंक विहिन भएर घर फर्किएको छ ।
टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५० रनको स्कोर बनाएको थियो । गण्डकीका लागि ४७ बलमा १ छक्का र ९ चौका प्रहार गरि ६२ रन बनाउँदा अविशेक थापाले २३ रनको योगदान दिए । वागमतीका इसान पाण्डेले २ विकेट लिँदा रामनरेश गिरी, दिपेश श्रेष्ठ र तिलक भण्डारीले समान १–१ विकेट लिए ।
जवाफमा १ सय ५१ रनको लक्ष्य पाएको वागमतीले १९ दशमलव २ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । वागमतीको जितमा प्लेयर अफ द म्याच रामनेश गिरी २७ बलमा ३ छक्का र ४ चौका प्रहार गरि अविजित ५० रनको पारी खेले त्यस्तै रविन जोशीले अविजित ३२ रन बनाउँदा आशसतोष घिरैयाले २९ रनको महत्वपूर्ण योगदान दिए । गण्डकीका सुवास भण्डारीले ३ विकेट लिँदा सन्दिप राजुली र अविशेक थापाले १–१ विकेट लिए ।
काठमाडौं, २२ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष...
काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो । कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड...
विराटनगर, २४ साउन । विराटनगरको रोडशेष चोकस्थित एक गीत गजलमा प्रहरीले छापा मारेर एक दर्जन जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर– १२ रोडशेष चौकदेखि थोरै दक्षिणमा रहेको सरगम गीत गजलमा प्रहरीले छापा मारेर १२ जना...
विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित...
विराटनगर, चैत १२–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले आफु बसेको ठाउँको अवस्थाको सूचना राख्न र अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेको छ । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीले बुधबार एक...
एजेन्सी, १० माघ । तालिबानकाे एक प्रतिनिधिमण्डलले नर्वेमा आज पश्चिमी देशका अधिकारीसँग बैठक गरिरहेका छन् । अफगानिस्तान कब्जा गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान प्रतिनिधिमण्डलको यो पहिलो भेट हुनेछ । तीन दिवसीय बैठकमा मानवाधिकार र मानव...
विराटनगर, जेठ ७–सामाजिक सञ्जालमा मुस्लिम समुदाय विरुद्ध अपमान जनक टिका टिप्पणी गर्ने माथि कारवाही गर्न मुस्लिम संगठन नेपालले सरकारसँग माग गरेको छ । केही समययता सामाजिक सञ्जालमा सिंगो मुल्लिम समुदायका विरुद्धमा भ्रम छर्दै धर्म विषेशलाई...
विराटनगर, ११ भदौ । बिहीबार मुख्यमन्त्री पदको शपथ लिइ कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । मुख्यमन्त्री बनेको भोलिपल्ट नै उनले केही मन्त्री नियुक्त गर्न लागेका हुन् । स्रोतका...