‘सुदर्शन–कपिला सिरपा’ नेवा खल : कास्कीलाई २ चैतमा प्रदान गरिदै, सांस्कृतिक स्मारिका समेत विमोचन हुने
सोमबार, २८ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यस पटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ ।
विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ राशीको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने झी पुचः ले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अनवरत रुपमा क्रियाशील संस्था नेवा खलः कास्कीलाई उक्त सम्मानबाट सुशोभित गर्ने भएको झी पुच : विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले बताए । उक्त कार्यक्रममा सांस्कृतिक स्मारिका समेत विमोचन गरिने उनले बताए ।
४४ वर्ष अगाडी नेपाल सम्वत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति एवं संस्थालाई कदर स्वरुप प्रत्येक २–२ वर्षमा सुर्दशन–कपिला सिरपा (सम्मान) बाट सुशोभित गर्दै आएको छ । झी पुचःका संरक्षक एवं समाजसेवी सुर्दशन श्रेष्ठद्वारा स्थापित उक्त सिरपाबाट यसअघि २०७६ साल फाल्गुण २ गते संस्कृतिविद सत्यमोहन जोशी सम्मानित भईसकेका छन् । यसअघि २०७८ सालमा भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई पनि सम्मान गरिसकेको छ ।
पहिलो पटक काठमाडौँ नक्सालमा आयोजित एक भव्य समारोहका बीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेपछि झी पुचः ले उक्त पुरस्कारलाई निरन्तरता दिँदै आएको झीः पुचका अध्यक्ष श्रेष्ठले बताए । ‘सुदर्शन–कपिला सिरपा’ विराटनगर–१० निवासी सुर्दशन श्रेष्ठ र उनको परिवारद्वारा स्थापित पुरस्कार हो ।
२०७६ सालको नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमबीच श्रेष्ठ र उनको परिवारद्वारा नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्ने व्यक्ति वा संस्थालाई झी पुचः मार्फत् प्रत्येक २–२ वर्षमा कदर स्वरुप ‘सुदर्शन–कपिला सिरपा’ द्वारा सुशोभित र नगद रु. २ लाखको सिरपा थैली प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसका लागि २० लाखको अक्षय कोष खडा गर्ने उद्घोष भएअनुसार झी पुचः विराटनगरले सुदर्शन कपिला ट्रष्टको विनियमावली बनाई झी पुचः अन्तर्गत सुर्दशन कपिला सिरपा विशेष समिति निर्माण गरि कार्य गर्दै आएको छ ।
दाता सुर्दशन बहादुर श्रेष्ठद्वारा अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको १५ लाखमा हाल दाताहरुले समेत ५ लाख रुपैयाँ सहयोग गरेका छन् । झी पुचःको अक्षयकोष रकम हाल २० लाख पुगेको जनाइएको छ । प्रत्येक १० वर्ष पछि सिरपा थैली रकममा ५० –५० हजारका दरले थप गरी एकमुष्ठ वृद्धी गर्ने योजना रहेको झी पुचः ले जनाएको छ । झी पुचःले प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्ष, वेल विवहा, ब्रतबन्ध, गाइ जात्रा जस्ता संस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दै आएको छ । नेपाल भाषा, साहित्य, कला भोज, बाजा, नृत्य, रिति रिवाज, भेष भूषा तथा संस्कृति समेतको संरक्षणको लागि विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ । झी पुचः ले आफ्नै परिसरमा काठमाणै पछि सवैभन्दा ठूलो आठ फिट उचाई भएको इष्ट देव भैरवको मूर्ति, नेवा संस्कृतिका महत्वपूर्ण कला सामाग्री २ फिटको सिनमु, ज्वलन्हेक र ५ फिटको सुकुण्डा निमार्ण गरेको छ । पूर्वमै पहिलो नेवा : संग्रहालय निमार्ण पनि गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । केही समय अगाडी उक्त संग्रालयको शिलन्यास भएर धमाधम निमार्ण कार्य भइरहेको उनले बताए ।
विराटनगर । गाइघाटको फ्यूजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित...
काठमाडौं, १५ साउन-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका छन् । स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उनले बताए । बहुमत स्थायी...
काठमाडौं, १४ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।...
काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर...
विराटनगर । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् । त्यस्तै गरी सचिवमा...
नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।...
विराटनगर, २१ पुस-इलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता...
झापा, २५ असोज-झापामा आफ्नै श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाँउपालिका- २ त्रिवेणी चोक बस्ने ३४ बर्षीय रामजी थापा रहेका छन् । प्रहरीका अनुसार थापाले शनिबार साँझ पौने ६...