संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन

 न्यूज विराट
संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन

काठमाडौं, १४ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले निशान छाप परिवर्तन गर्न संसद्मा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर जारी गरेको उक्त नक्सा निशान छापमा समावेश गर्न सरकारले यही जेठ ९ गते संविधान संशोधन विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो । नेपालको संविधानको अनुसूची-३ मा निसान छाप समावेश छ ।

नेपालको उक्त भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्सामा समावेश गरी मानसरोवर जाने सडकसमेत निर्माण गरेपछि नेपाल सरकारले विरोध जनाउँदै तत्काल नक्सा सच्याउन गम्भीर ध्यानाकर्षण गराएको थियो ।

सरकारले संविधान सशोधन विधेयकको पक्षमा राष्ट्रिय सहमति कायम गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग उक्त विषयमा समान धारणा बनाउने प्रयास गरिरहेको छ । रासस

सम्बन्धित समाचार

थप २२९ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको...

बाँतर जातीको पुर्खा गेड बाबा मन्दिर शिलान्यास

विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...

विराटनगरको मेरील्याण्ड कलेज देशभरीको उत्कृष्ट ८ मा पर्न सफल

विराटनगर । व्यवस्थापन शिक्षाका लागि नम्बर एक कलेजको सूचीमा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेज देशभरीको उत्कृष्ट २० कलेज भित्र पर्न सफल भएको छ । केन्द्रविन्दु अनलाइनले देशभरीको प्लस टुको नतिजा, शैक्षिक गुणस्तर, व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी,...

राष्ट्रपतिद्वारा २ अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका २ अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार सरकारले पठाएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,...

बिनाशले लामो समयसम्म आफैंलाई समस्यामा पार्छ : ओबामा

एजेन्सी, जेठ २०-संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा भइरहेको प्रदर्शनले हिसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन् । उनले परिवर्तनको आकांक्षाअनुसार भएको प्रदर्शनमा हिंसाले स्थान पाएको भन्दै आलोचना गरेका हुन् । अफ्रिकी मूलका...

पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटलको पहिलो अडिसन सम्पन्न, दोस्रो अडिसन असोज १६ र १७ गते हुदै

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशीको पहिलो अडिसन सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको हो । पहिलो अडिसनमा ७० जना बालबालिकाहरूको सहभागिता रहेको थियो । जय मिडिया म्यानेजमेन्ट...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु : नरपथगञ्जसँग आर्मी स्तब्ध

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जलले विजय सुरूवात गरेको छ । विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट...

सरकारको आग्रहमा आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित, २ फागुनमा बस्ने

काठमाडौं, २६ माघ । आज (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ फागुनसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकका लागि संसद सचिवालयले सम्भावित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्