ट्राफिक प्रहरीद्धारा सडकको जेब्रा क्रसिङ्गमा रङ लगाइयो

 न्यूज विराट
ट्राफिक प्रहरीद्धारा सडकको जेब्रा क्रसिङ्गमा रङ लगाइयो

विराटनगर । ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यको पहलमा विराटनगर– इटहरी सकड खण्डमा जेब्रा क्रसिङमा रङ लगाएको छ ।

विराटनगर इटहरी खण्ड अन्र्तगत बुढीगंगा गाउँपालिका २ विराट मेडिकल कलेज अगाडीको जेब्रा क्रसिङमा रङ लगाएको हो ।
मेडिकल कलेजको सहयोगमा जेब्रा क्रसिङमा रंग लगाएको प्रहरी सहायक निरीक्षक असइ आचार्यले जानकारी दिए । ‘बुढीगंगाको टंकीसिनवारीमा सबैभन्दा बढी यात्रु र सर्वसाधरणको आवतजावत हुने ठाउँ हो । यहाँ रहेको जेब्रा क्रसिङमा रङ उडेपछि सर्वसाधरणलाई बाटो काटन धेरै असहज हुने गरेको थियो । हस्पिटलको सहयोगमा जेब्रा क्रसिङमा रंग लगाएको हो,’ उनले भने ।

सडक जेब्रा क्रसिङ्ग खुइलिएर यात्रुहरूलाई बाटो काटन असहज भएपछि सामाजिक संघसंस्थाहरूसँग सहकार्य गरेर जेब्रा क्रसिङ्गमा रंङ लगाएको उनले बताए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा डुबेर एक जना बालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको खोलामा डुबेर आज विहान मृत्यु भएको हो । प्रेमकुमार नुहाउन भनेर...

२६ जिल्लाका सीडीओ सरुवा

काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details

आज १३४३ संक्रमित थपिए, २१११ जना डिस्चार्ज

नेपालमा बिहिबार १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार २ सय ८९ को पीसीआर गरिएकोमा आज १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको...

विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले...

संखुवासभामा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

विराटनगर । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्। संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र...

विराटनगरमा अत्याधिक भीडभाड, संक्रमणको जोखिम अझ बढ्यो(फोटो फिचर)

विराटनगर, साउन १९–विराटनगर महानगरपालिकाले जारी गरेको लक डाउन उ्रल्लंघन गर्दै अत्याधि भिडभाड हुन थालेको छ । लक डाउन कार्यान्वयन फितलो भएका कारण सर्वसाधरणले वेवास्ता गर्दै भिढभाड गरेका हुन् । सोमबार जनै पूर्णिमाका दिन विहानैदेखि विराटनगमा...

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...

प्रेमिका बिदेश जाने भएपछि नाबालिका अपहरण, २७ घण्टापछि विराटनगरबाट सकुसल उद्धार

विराटनगर । बैदेशिक रोजगारीको सिलसिलामा प्रेमिका बिदेश जाने भएपछि सुनसरी दुहबी नगरपालिका – ६ घर भएका ५० वर्षीय सन्जय पासवानले आफ्नै प्रेमिकाको बहिनीको ६ वर्षीया छोरी अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ६ वर्षीया...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्