विराटनगरको कान्तिपुर कलेजमा ‘साइनिङ स्टार’ को अडिसन

 न्यूज विराट
विराटनगरको कान्तिपुर कलेजमा ‘साइनिङ स्टार’ को अडिसन

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजमा साइनिङ स्टार नामक नृत्य प्रतियोगिता सुरु भएको छ ।

कलेजका विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबारबाट ‘कान्तिपुर साइनिङ स्टार–२०८१’ नामक प्रतियोगिता थालिएको हो ।

कलेजले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टका विद्यार्थीहरूको अडिसन लिएको थियो । एक छात्र र ३९ छात्रा गरी जम्मा ४० प्रतियोगीहरूले आधुनिक, पारम्परिक तथा फ्युजन नृत्य प्रस्तुत गरेका थिए ।

अडिसनमा निर्णायकका रूपमा रहेका रोशन घिमिरे, मनिषा सुनुवार र नविना श्रेष्ठले फाइनलका लागि १५ जनालाई छनोट गरेका छन् ।

फाइनलमा पुगेकाहरूले आगामी साता उपाधिका लागि नृत्य गर्ने कलेजका प्रिन्सिपल भेषराज नेपाल ‘भुवन’ ले जानकारी दिए उनका अनुसार विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा सघाउ पुर्‍याउने यस प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारबाट पुरस्कृत गरिने छ ।

२०७२ सालमा स्थापना भएको कलेजले पठनपाठनका अलाबा अतिरिक्त क्रियाकलापमा पनि अब्बलता प्रस्तुत गरिरहेको उनले बताए ।

प्रतियोगिताको फाइनल चरणमा स्नेहा भण्डारी, निकिता भुजेल, अवन्ता बास्तोला, मोनिका मगर, इश्मा तामाङ, श्वेता भगत, कोस्टिका भुजेल, एन्जल साह, रोहिनी साह, राधिका कामत, अविशा लिम्बु, कल्पना साह, अस्मिता राई, रानी महासेठ र अस्मिता राजवंशी रहेका छन् ।

कार्यक्रममा बोल्दै कान्तिपुर कलेजका भाइस प्रिन्सिपल देवीलाल महतोले यस नृत्य प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा कान्तिपुर कलेजका सञ्चालक विष्णु दाहाल, कोर्डिनेटर रोशन राजवंशी, संस्थापक प्रदीपकुमार दास, शिक्षक मानबहादुर खड्का, शैलेन्द्र नेपाल, शिव राजवंशी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने शिक्षकद्वय संयोग पोखरेल र केपी निरौलाले गरेका थिए ।

सम्बन्धित समाचार

मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडा पुगे

विराटनगर, २९ असार–प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ को सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्फ गएका छन् । मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री...

सामाजिक विकास मन्त्रालयद्धारा उदयपुरमा होमीयोपेथिक औषधि हस्तान्तरण

विराटनगर, वैशाख ३०–प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिक औषधि हस्तान्तरण गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका...

घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...

अस्पतालको झ्यालबाट हामफालेका ३ जना चिकित्सकको मृत्यु

एजेन्सी, बैशाख २५-कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न ३ जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रूपमा अस्पतालकाे झ्यालबाट हाम फालेको रसियाका सञ्चारमाध्यमहरूले बताएका छन् । ती चिकित्सकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ...

र्‍यापिड टेस्ट गराएर प्रमाणपत्र लिन जमातीलाई मुस्लिम संघको अपिल

काठमाडौं, १० वैशाख-मुस्लिम संघ नेपालले तब्लिक जमातीलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन...

महिलाको चरित्र हत्या गर्दै भिडियो प्रसारण गर्ने चार युट्युबे पक्राउ

काठमाडौं, १३ असोज । महिलाको चरित्रहत्या हुनेगरी भिडियो प्रसारण गर्ने चार युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, सराइचुली मिडिया युट्युब च्यानलका सञ्चालक पिंकला कार्की...

प्रदेश खेलकुद बोर्डका उपाध्यक्ष र सदस्यसचिव पर्शुराम बस्नेत हटाइए

विराटनगर, २२ चैत । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । लोक्सोम यसअघि योजना आयोगको सदस्य थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र...

कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत : कांग्रेस प्रवक्ता

काठमाडौं १९ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रे‍सले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेस सांसदले गरेको व्यवहार पार्टीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्