सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज

 न्यूज विराट
सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज

काठमाडौं, जेठ २८ । अस्पतालहरुको बदमासी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्शनमा उत्रिएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मन्त्रालयमा आएको उजुरीको आधारमा लिनुभएको निर्णयअनुसार मन्त्रालयले अव सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज हुने प्रष्ट पारेको हो । मन्त्रालयले कोभिड १९ संक्रमितले अस्पतालबाट पाउने उपचार लगायत सेवाको विवरण पनि सार्वजनिक गरेको छ ।

सम्झौता गरिएका कतिपय अस्पतालले संक्रमितको उपचारमा शुल्क लिएको पाइएकाले निःशुल्क उपचारसहित बिरामीले पाउने सेवाबारे मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको हो । ८३ वटा सरकारी, निजी, सामुदायिक र सहकारी अस्पतालसँग कोभिड संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको उल्लेख गर्दै मन्त्रालयले कोभिड उपचार सेवा सम्झौता गरेका निजी अस्पतालले संक्रमितबाट शुल्क लिएको पाइए कारबाही गर्ने बताएको छ ।

सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुले संक्रमितसँग शुल्क लिएको र तोकेका सेवा नदिएको पाइए कुनै पनि अस्पताललाई शोध भर्ना उपलब्ध नगराउने, निःशुल्क कोभिड १९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ ।

निजी अस्पतालले संक्रमितको निःशुल्क सामान्य खालका परीक्षण र औषधिमा शुल्क लिन नपाइने मन्त्रालयले जनाएको छ । कोभिड उपचारसँगै संक्रमितको रगत परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधिहरू, बिरामीको शय्या शुल्क र खाजाखानासहित चार छाक अस्पतालले निःशुल्क उपलब्ध गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

आइसियुमा रहेका बाहेकको बिरामीमा पीसीआर, रेम्डेसिभर, प्लाज्माथेरापी, सिटी स्क्यान र हायर एन्टिवायोटिक्सको भने बिरामीले शुल्क तिर्नुपर्ने छ । संक्रमित वा संक्रमितका आफन्तले सःशुल्क सेवा लिने भनी अस्पतालसँग लिखित रुपमा मञ्जुरीनामा गरेको अवस्थामा मात्रै सःशुल्क उपचारको व्यवस्था गर्न निजी अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका अनुसार बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहे सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने छ ।

सम्बन्धित समाचार

विवाहमा प्रयोग हुने सवारी साधन पासबिना सञ्चालन हुन पाउने

कञ्चनपुर, ७ वैशाख=कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

अस्पतालमा रहेका प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड पुगे

अस्पतालमा भर्ना भएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भेट्न अस्पताल गएका छन् । ओली अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना भएका थिए । उनी...

२४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिए, १३४ जना डिस्चार्ज

काठमाडौं, ३२ साउन(पछिल्लो २४ घण्टाको अवधिमा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

भारतका दुई खोपलाई कोरोनाविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति

एजेन्सी, १९ पुस-भारतमा बनाइएका कोरोना भाइरसविरुद्धका दुईवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । भारत बायोटेकको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटको कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले स्वीकृति दिएको हो ।...

झापामा पीसीआर प्रयोगशाला

झापा, २१ साउन-मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । संघीय सांसद पवित्रा खरेल र प्रदेश-१ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा सो प्रयोगशालाको उद्घाटन गरे...

ओलीको अभिव्यक्ति कुर्ची जोगाउने अस्त्र र राजनीतिक स्टन्ट : गगन थापा

काठमाडौं, ३० असार-नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक...

राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) कारणले लकडाउनमा परेका अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दाेस्राे चरणको राहतको घोषणा गर्दै अति विपन्न, बेखर्ची र मजदुरलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्