लामखुट्टे नियन्त्रणमा विषादीको प्रभावकारिताबारे अध्ययन

 न्यूज विराट
लामखुट्टे नियन्त्रणमा विषादीको प्रभावकारिताबारे अध्ययन

हेन्द्रनगर, ५ मङ्सिर-कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि विषादीको प्रभावकारिताबारे अध्ययन सुरु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकरिताका लागि अध्ययन थालेका हुन ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले अध्ययनका क्रममा लामखुट्टे नियन्त्रणमा लिएर यहाँस्थित स्वास्थ्य कार्यालयमा ल्यावमा प्रभावकरिता अध्ययन गरिने बताउनुभयो ।
“हामी हरेक वर्ष दुई पटक लामखुट्टे मार्ने विषादी र हरेक तीन वर्षमा किटनाशक झुल वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो– “त्यसको प्रयोगले लामखुट्टे मर्छ की मर्दैन भनेर अध्ययन गर्न यो अभियान थालिएको हो ।” उहाँले बेलाबखतमा विभिन्न अध्ययन हुने गरेको भएपनि सो अध्ययन भने यहाँ करिब पाँच वर्षपछि हुन लागेको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयमा स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालामा प्रभावकारी परिक्षण गरिनेछ । गत वर्ष मात्रै प्रदेश सरकारको लगानीमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
उहाँले भन्नुभयो–“यो पटक अध्ययनको नेतृत्व सिनियर इन्टोमोलोजीष्ट शम्भूनाथ झाले गर्नुभएको छ ।” उक्त अध्ययन दश दिनसम्म सञ्चालन हुनेछ । उहाँले नमूनाका रुपमा भीमदत्त–९ र १० मा अध्ययन सुरु गरिएको जानकारी दिनुभयो ।
फाइजर खोप डडेल्धुरा र कैलालीमा लगाइँदै
सुदूरपश्चिम प्रदेशमा पनि १२ बर्षदेखि १८ बर्षसम्मका दिर्घरोगी बालबालिका तथा किशोर किशोरीहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन थालिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले उक्त लक्षित उमेर समुहलाई खोप लगाउन सुदूरपश्चिममा कैलाली र डडेल्धुरामा खोप केन्द्र तोकिएको बताउनुभयो ।
“अरु जिल्लाबाट पनि त्यहाँ गएर खोप लगाउन सकिने व्यवस्था रहेको छ”, उहाँले भन्नुभयो–“यहाँ बालबालिकालाई लक्षित गरी पठाएको खोप पहिलो चरणमा दीर्घरोगीलाई प्राथमिकतामा राखिएको छ ।” स्वास्थ्य सेवा विभागले डडेल्धुरा अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई उक्त खोप हस्तान्तरण गरेको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अवलम्बन गर्न सङ्घको सुझाव

काठमाडौं, १ बैशाख-नेपाल उद्योग परिसङ्घले कोरोना भाइरसका कारण देखापरेको प्रतिकूल परिस्थितिको सामना गर्न विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न सरकारलाई सुझाव दिएको छ । सङ्घको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज...

स्थायी कमिटी बैठक बसेन, मन्त्रिपरिषद बैठकका लागि हिँडे मन्त्री

काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै नबसी स्थगित भएको छ ।बैठक नबसेपछि स्थायी समिति सदस्यहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । बिहान ११ बजे बोलाइएको बैठकअघि प्रधानमन्त्री केपी...

चर्चित कलाकारले तताए एक्स्पो, आज गायिका आस्था र रचनाको प्रस्तुती

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा दैनिक जसो चर्चित कलाकारहरुको प्रस्तुतीले सहभागिहरुलाई मनोञ्जन प्रदान गर्दै आएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर – २ शंकरपुरमा जारी एक्स्पोमा अहिले दैनिक जसो चर्चित...

जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी

विराटनगर, चैत ७–विराटनगरस्थित जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी स्थापना गरिएको छ । गिरिजाप्रसाद कोइरालाको १० औं स्मृतिको दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनकी केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले इलाइब्रेरीको उद्घाटन गरिन् । लाइब्रेरीमा शिक्षा, स्वास्थ्य,...

पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

विराटनगर, बैशाख १९–पूर्वमन्त्री तथा प्रतिनिधसभाका सदस्य शिवकुमार मण्डलले पहुँच र पावरका आधारमा मात्र योजना छनौट नगर्न सरकारलाई सुझाव दिएका छन् । आगामी बजेटको विषयवस्तुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सांसदहरुसँग भएको छलफलमा उनले यस्तो बताएका...

इन्डोनेसिया भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

काठमाडौं, ३ माघ-इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापितसमेत भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको...

विराटनगरलाई सुकुम्वासी मुक्त्त शहर निर्माण गर्ने कांग्रेसको प्रतिवद्धता

विराटनगर,२५ वैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विकासको सम्भावक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनु पर्ने बताउनु भएको छ। स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोण सभामा...

इथियोपियाको क्षेत्रीय राजधानी विद्रोहीको नियन्त्रणमा

इथियोपियाको क्षेत्रीय राजधानी मिकेली विद्रोहीले कब्जा गरेका छन् । टिग्रेस्थित विद्रोही फौजले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । उक्त राजधानी इथियोपियाको फौजले गत नोभेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो । तर,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्