विराटनगरमा प्रहरीको लापसे अभियान, एकै दिनमा ११ जना नियन्त्रण

 न्यूज विराट
विराटनगरमा प्रहरीको लापसे अभियान, एकै दिनमा ११ जना नियन्त्रण

विराटनगर । लागूपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लापसे गरेर सवारी चलाउने ११ जनालाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । १२ जनाको परीक्षण गरेको मध्ये ११ जनाले गाँजा, ट्याब्लेटलगायतका लागुपदार्थ सेवन गरेको उनले बताए ।
यसअघि पनि मोरङ ट्राफिकले लापसे गरेर सवारी साधन चलाउने ८ जनालाई नियन्त्रणमा लिएको थियो ।

सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । यसरी परीक्षणको क्रममा लापेश गरेर सवारी साधन चलाएको पत्ता लगेपछि कारवाहीको दायरामा ल्याउने उनले बताए । लापसे सेवन गरेर सवारी चलाउने ११ जनालाई ईलाका प्रहरी कार्यालय रानीमा पठाईएको छ । यस अघि रानी नाकामा मोरङ प्रहरीले लागुपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।

ट्राफिक प्रहरीले लामो समयदेखि मापसे चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे-नगरेको पत्ता लाग्छ ।
ट्राफिक प्रमुख न्यौपानेले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।


‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’ उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ ।
लापसे अभियानमा मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपाने, इप्रका रानीका प्रमुख प्रहरी निरिक्षक सन्दिप वेल्वासेले लापसे सेवन कर्तालाई लापसे सेवन गर्दा फाइदा र बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

मोरङको क्षेत्र नं. ४ बाट मन्टु शेखको पहिलो नम्बरमा राखेर नाम सिफारिस

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । काँग्रेस क्षेत्र नं. ४ को क्षेत्रिय समितिको बैठकले...

विराट एक्स्पो, प्रदेश १ को पर्यटकीय स्थलको छुट्टै पेभिलियन

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमाभन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ ।थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको...

विराटनगरमा सडक महोत्सव सुरू, दैनिक सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव सुरु भएको छ । माघ १४ गतेसम्म लाग्ने सडक महोत्सवको उद्घाटन बिहीबार गरिएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै दैनिक सांस्कृतिक...

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज...

प्याब्सन स्पोर्टस् मिट : बास्केटलको उपाधि बिकेभिएमलाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत बास्केटलको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । विराटनगरको एभरेष्टको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइलनमा एभरेष्ट स्कुललाई ५७ –३५ सेटले हराउँदै बिकेभिएमले बास्केटबलको उपाधि जितेको हो...

कोशी प्रदेशमा कामचलाउ मुख्यमन्त्री को ?

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गर्ने आदेश दिएपछि कामचलाउ मुख्यमन्त्री को हुने भन्ने विवाद देखिएको छ । सर्वोच्च अदालतले सात दिनभित्र साउन १७ गतेसम्म नयाँ सरकार बनाउन भनेपछि त्यो बेलासम्म...

ज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

विराटनगर, २३ भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । क्लबले विश्व साक्षरता दिवसको अवसरमा विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

विराटनगर, ९ मंसिर प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा तीन, पाँचथर, तेह्रथुम र उदयपुरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्