इराकमा ३०० जनाकाे ज्यान जाने गरी भएकाे घातक विस्फाेटका मास्टरमाइन्ड पक्राउ - News Birat

इराकमा ३०० जनाकाे ज्यान जाने गरी भएकाे घातक विस्फाेटका मास्टरमाइन्ड पक्राउ

न्यूज विराट

इराकको राजधानी बगदादमा सन २०१६ मा भएको आत्मघाती विस्फोटका मास्टरमाइन्ड पक्राउ परेका छन् । यो विस्फोटमा ३०० जनाको मृत्यु भएको थियो ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल–जावबेलाई देश बाहिर एक खुफिया अपरेशनमा पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनले कराडा जिल्लामा भएको क्रूरता र अन्य घटनाका पछाडि पनि इराककै बासिन्दा रहेका उनको संलग्नता रहेको दाबी गरेका छन् ।

बगदादको कराडा जिल्लामा भएको हमला सन २००३ मा भएको अमेरिकी हमलापछिको सबैभन्दा घातक विस्फोट थियो ।

२०१६ मा एक शपिंग सेन्टर नजिकै रमजानको महिनामा साँझको रोजा खोलेलगत्तै बाहिर घुम्न आएका मानिसहरूमाथि विस्फोटक पदार्थले भरिएको ट्रक चढाइएको थियो ।

कैयौँ मानिसहरूको विस्फोटपछि भवनमा लागेको आगोमा परी ज्यान गएको थियो । प्रधानमन्त्री मुस्तफाले भने, ‘हाम्रा मानिसको रगत बगाउनेलाई पक्राउ गरेर ल्याउनु एक राष्ट्रिय कर्तव्य हो ।’

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles