बूढानिलकण्ठ स्कुलले मनायो वार्षिक उत्सव, फनफेस्टामा एक दर्जन बढी स्टल

 न्यूज विराट
बूढानिलकण्ठ स्कुलले मनायो वार्षिक उत्सव, फनफेस्टामा एक दर्जन बढी स्टल

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ स्कुलले ४० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सवमा फन फेस्टा कार्यक्रम आयोजना गरेको हो ।
फन फेस्टामा विद्यार्थीहरूले तयार पारेका एक दर्जन बढी स्टलहरू रहेको थियो । विद्यार्थीहरूले पराम्परागत खाद्यबस्तु, विभिन्न घरयासी सामाग्रीहरू, खानाका परिकार र विज्ञान प्रर्दशनी पनि गरे । विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्कुलले फन फेस्टा गरेको प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै पढाइमा सिकेको ज्ञानका कुराहरु व्यवर्हारमा उतारेको उनले बताए । ‘विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सिप र संस्कारयुक्त शिक्षा हामीले दिने गरेका छौं,’ प्रिन्सिपल भट्टराईले भने, ‘पढाइका अलवा उनीहरूको क्षमता अभिवृद्धी गर्न अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिने गरिएको छ ।’
सोही अवसरमा शिक्षा र सामाजिक क्षेत्रमा उल्लेखिनय योगदान पु¥याउने दुई जनालाई सम्मान पनि गरे । मेरील्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङगेल र समाजसेवी मिना जोशिलाई स्कुलले सम्मान गरेको हो । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रम

को प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशराज श्रेष्ठले सम्मान गरे ।
विद्यालयका अध्यक्ष बुद्धि प्रधानको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर बस्नेत, विभिन्न विद्यायहरुका प्रिन्सिपल र शिक्षकहरुको उपस्तिथी रहेको थियो ।

सम्बन्धित समाचार

उपराष्ट्रपति पुनको कोरोना परीक्षण

काठमाडौं, ३० वैशाख-संघीय संसद्को छैठौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कोभिड–१९ परीक्षणका लागि...

सनसिटीका एकै परिवारका २ जनामा कोरोना देखिँदा १ जनामा भने दोस्रो पटक पनि नेगेटिभ

काठमाडौं, ३ वैशाख-काठमाडौंको पेप्सीकोला टाउनप्लालिङमा रहेको सनसिटी अपार्टमेन्टमा गरिएका र्‍यापिड टेस्टमा २९८ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा सनसिटीमा गरिएको र्‍यापिड टेस्टमा २९८ जनाको नेगेटिभ...

सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर, १२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गर्नुभएको छ । कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले...

विराटनगरमा जुक्त चप्पल व्यापार मेला सुरु, १० करोडको कारोवार गर्ने अपेक्षा

विराटनगर, ५ चैत । प्रदेश १ को राजधानी विराटनगरमा बिहिबारदेखि जुत्ता चप्पल ब्यापार मेला शुरु भएको छ । एकमहिने मेलामा ६ लाख जोर जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’...

जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...

सास्थम कलेजका बिएचम र बिबिएका विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगरस्थित सास्थम कलेजमा बिएचम र बिबिएका विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले रत्ना होटलमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बिएचमका ४६ र बिबिएका ३२ जना विद्यार्थीहरुलाई विदाइ गरेको हो । बिबिएका सन् २०१९...

पाकिस्तानसँगको टेस्ट सिरिज न्युजिल्याण्डद्वारा ‘क्लिनस्विप’

एजेन्सी, २२ पुस-अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजिल्याण्ड टेस्ट क्रिकेटको विश्व...

लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षति

पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका– ६ का ३६ वर्षीय उमा गुरुङ, वडा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्