आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

 न्यूज विराट
आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरेको हो । त्यस्तै विद्यायले पर्वतकुमार श्रेष्ठ, लालबहादुर गुरुङ, अजित चापागाईं, प्रवेश दुलालसहित विभिन्न संकायका संयोजकहरुलाई पनि सम्मान गरेको छ । सफाई कर्मचारी रिंकी मरिक र अम्विका कुमारीलाई पनि विद्यालयले सम्मान प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको शैक्षिक विकासमा आदर्श माविको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टलगायत विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका व्यक्तिहरुले अध्ययन गरेकाले पनि आदर्श विद्यालयको गरिमा उच्च रहेको मेयर कोइरालाले बताउनुभयो । आदर्श माविले प्राविधिक शिक्षालाई प्राथमिकता राखेकोमा खुसी व्यक्त गर्दै उहाँले अन्य सामुदायिक विद्यालयले पनि प्राविधिक शिक्षालाई जोड दिनुपर्ने धारणा राख्नुभयो । प्राविधिक शिक्षा बिना अब रोजगारी पाउने अवस्था नरहेको उहाँको भनाइ थियो । विद्यालयस्तरदेखि नै स्वरोजगारमूलक र व्यवहारिक शिक्षा दिनु जरुरी रहेको मेयर कोइरालाले बताउनुभयो । “विद्यालय तहदेखि नै प्राविधिक, सीपमुलक र व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश विदेशमा श्रममा बिक्न सक्छन्,” उहाँले भन्नुभयो, “हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेका छन् । त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन् ।”

विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयलमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त १८ र २४ महिने कम्प्युटर तालिमलगायत विभिन्न प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँले २०८० सालमा सामुदायिक विद्यालयतर्फ प्राविधिक शिक्षामा नेपालभरिमै सर्वोत्कृष्ट भएर पुरस्कार प्राप्त गरेको उल्लेख गर्नुभयो । आदर्श माविले समावेशी शिक्षालाई पनि समावेश गरेको पोखरेलले बताउनुभयो । पिताजी कृष्णप्रसाद कोइरालाले वि.सं. १९८६ मा स्थापना गर्नुभएको विद्यालयमा हाल ३ हजार ४७४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा ४० संक्रमित थपिए

विराटनगर, २५ साउन–प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १९ पुरुष,...

मोरङ ४ मा पर्ने ११ वटा वडाको गणना सकियो, अमनलाल मोदी ७ हजार ८६५ मतले अगाडी

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा निरन्तर अग्रता बनाउन सफल भएका छन् । निर्वाचन क्षेत्र अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र ४(१) तर्फ बुधबार विहानसम्म ११ वटा...

प्रदेश १ मा २३७ जनामा कोरोना संक्रमण

विराटनगर, २७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने

काठमाडौं, २० मंसिर-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक...

एक महिनापछि राहदानीसम्बन्धी सेवा पुनः सञ्चालन

काठमाडौं,  २८ भदौ-अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ ।  विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत २६ साउनमा बन्द भएको सेवा आजदेखि सुरु भएको हो...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

१ किलो सलह मारे १ सय रुपैयाँ दिने निर्णय

स्याङ्जा, १५ असार-भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो...

मोरङमा सोमबार विहानबाट मात्र मतगणना हुने

विराटनगर । मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । निर्वाचन आयोगले रातिबाटै मतगणना सुरु गर्न निर्देशन दिएको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट मात्र गणना सुरु गर्ने तयारी गरेको हो । मोरङको उत्तरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्