कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने

 न्यूज विराट
कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने

काठमाडौं, २० मंसिर-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताए । उनले सरकारले अधिनायकवादी प्रवृति देखाइराखेको र देशमा दमन र बेथितिको अवस्था रहेको बताए । त्यसबाहेक कोभिड १९ अव्यवस्थापनमा चरम सीमा नाघेको र भ्रष्टाचारलाई संरक्षण गरेकोले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको बताए ।

यस्तै, संसदको तत्काल बैठक बोलाउन समेत माग गरिएको सहमहामन्त्री महतले बताए । सरकारले लोकतान्त्रिक संस्थालाई कमजोर पार्ने प्रयास गरिरहेको उनले बताए । कोभिडको अव्यवस्थापन, भ्रष्टाचार, दमनकारी प्रवृत्तिलगायतका विषमा तत्काल छलफल गर्न आवश्यक रहेकाले पनि संसद बैठक माग गरिएको स्पष्ट पारे ।

सम्बन्धित समाचार

टिपरकाे ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु

भक्तपुर, १३ जेठ-टिपरको ठक्करबाट मध्यपुर थिमि-४ नयाँथिमीमा प्रहरी नायब निरीक्षकको ज्यान गएको छ । सोमबार राती काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती मगरको...

एक घण्टा पछि सर्‍यो मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसँग जुधाएर बोलाएको मन्त्रिपरिषद् बैठक भने पछि सारेका छन् । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक एक घण्टा ढिला गरिएको छ...

कोशी प्रदेश : विश्वासको मत फेल गराउने गठबन्धन दलको निर्णाय

विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आव्हान भएलगत्तै विपक्षी चार दलीय गठबन्धनले नयाँ सरकार गठनको कसरत सुरु गरेका छन् ।नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ...

व्यवसाय सञ्चालन गर्ने गरी लकडाउन मोडालिटी तयार हुन्छः मन्त्री भट्ट 

काठमाडौं, २३ जेठ-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय...

कोरोना भाइरस बीमा स्थगित

काठमाडौं, २३ जेठ-बीमा समिति र नेपाल बीमक संघबीच कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । संघका अनुसार २ पक्षबीच भएको छलफलपछि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । हालसम्म ३ लाखले...

टीकापुरको न्यायिक समितिद्वारा विराटनगर महानगरको अवलोकन भ्रमण

विराटनगर । कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो । टोलीलाई महानगरका...

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु , आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ। आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए। ‘मंसिर ११, १२,...

प्रदेश २ मा आज ३२ जनामा कोरोना पुष्टि

जनकपुरधाम,९ साउन-प्रदेश २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्