वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी
बिहिबार, १८ माघ, २०८०,
न्यूज विराट
विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । जसमा अभय कुर्मीले २४ रन पारी खेल्दा पृथ्वी सुब्बाले १८ रनको योगदान दिए । कटहरीका नितेश सहनी र राहुल मण्डलले २–२ विकेट लिए । १ सय १२ रनको विजयी लक्ष पछ्याएको कटहरीले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । मिसका आयुस श्रेष्ठ र रुपेश केतवालले २–२ विकेट लिए । पहिलो खेलको म्यान अफ द म्याच कटहरीका सुनिल यादव घोषित भए । उनले अविजित ५२ रनको योगदान दिएका थिए ।
दोस्रो खेलमा वेलबारी क्रिकेट क्बलले मेरिल्याण्ड क्रिकेट क्लव विराटनगरलाई ७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । जसमा शंकर तामाङले २५ रन बनाउँदा प्रवि खडकाले १८ रन जोडे । विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशिशेखर झले पनि ३ विकेट लिए । १ सय १४ रनको विजयी लक्ष पछ्याएको विराटनगरले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय रन बनायो । जसमा कृष्ण देवले सर्वाधिक २९ रनको योगदान दिए । निश्चल बुढाथोकीले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच वेलबारीका रविन खड्का घोषित भए ।
एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...
काठमाडाैं, २७ वैशाख-उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । विराटनगरस्थित काेसी अस्पतालकाे प्रयोगशालामा गरिएको परीक्षणमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। यसअघि शनिबार बिहान भुल्केकै तीन महिलामा संक्रमण पुष्टि...
काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...
विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ । यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।...
सुर्खेत, १४ जेठ-यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी,...
जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...
विराटनगर, जेठ १५– कोभिड–१९ विरुद्ध राष्ट्रिय अभियानले रुुकुम पश्चिम चौरजहारी हत्या काण्डको छाविन गरि दोषि उपर कडा कानुनी कारवाही गर्न माग गरेको छ । अभियानमा आवद्ध अढाई दर्जन संघ संस्थाहरुले संयुक्त रुपमा ११ सुत्रिय मागसहितको...
विराटनगर । रोग लाग्न नदिन जिवन शैलीमा परिवर्तन ल्याउनुपर्ने एक कार्यक्रममा स्वास्थ्यकर्मीहरुले बताएका छन् । विराटनगरमा आइतबार भएको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणकालागि वहुक्षेत्रिय कार्ययोजना सम्वन्धि कार्याशाला गोष्ठिलाई बोल्दै सहभागि चिकित्सकहरुले यस्तो बताएका हुन् ।...