विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो ।
कक्षा दशमा अध्ययरत रौनक साह, इशान्त यादव, मो. अपताब, सुलभ श्रेष्ठ, सिद्धार्थ चौधरी, सक्षम मण्डल, प्रनिल तिमलसिना, मथक अग्रवाल, रोजिता शिवभत्ती, दिलाशा राजवंशी, कृष्टि पौदार, प्रियंका चौधरी बन्दना ढुंगेल, प्रिती राजवंशी र शिवराज राजवंशीले मिलेर ३ देखि ४ केजीसम्मको सामान बोक्ने ड्रोन बनाएका स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । विद्यार्थीले बनाएको ड्रोन एक सय फिट माथिसम्म उडने शिक्षक विकास रायले बताए । एम्बुनियम धातु, बिएलडीसि मोटर, साइट कन्ट्रोलर उपकरण जडान गरिएको ड्रोनमा ५२ सय एमएचका ब्याट्रि रहेको छ । उक्त ड्रोनले ६ केजीसम्म सामान बोक्न सक्ने उनले बताए । ‘ड्रोनको साहयताबाट किटनासक छर्न र दुर्गम क्षेत्रमा ड्रोनको साहयताबाट औषधीहरु लैजान पनि सकिन्छ,’ शिक्षक रायले भने । ड्रो बनाउन ४८ हजार रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीले बनाएको ड्रोन विद्यालयलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै स्कुलका प्रन्सिपल प्रेमलालसिंह सुवालले विद्यार्थीहरुले गहन अनुसन्धानपछि ड्रोन बनाएको बताए । विद्यार्थीहरुले सिकेको सिप व्यर्वहारमा उतारेको उनले बताए । ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाएको छौं,’ उनले भने । कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष केशवलाल सिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अव प्रविधी र रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए ।
कैलाली, ३ बैशाख-कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा ४ युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय...
काठमाडौँ, १८ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५०० ले घटेर रु ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो...
काठमाडौं, ९ भदौ-बारामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । महागढीमाई नगरपालिका-४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका ५ औरयाटोलका...
सरकारले गोप्य राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग ०७५ को प्रतिवेदन प्रकाशित गर्ने दुई संस्थामाथि कारबाही थालेपछि आयोगका सदस्यहरूले विरोध जनाएका छन् । ती संस्थामाथिको कारबाही रोक्न उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलसँग आग्रह पनि...
काठमाडौं, ९ असार-करिब २ वर्ष पुग्ने लाग्दा संसदीय समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नेपाल नागरिकता (पहिलो...
विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...
विराटनगर, ६ माघ । मोरङको लेटाङ नगरपालिकामा रहेका ठूला ५ वटा सहकारी बीच एकीकरण भएको छ । मोरङ कार्यक्षेत्र रहेका फडानी साकोस, जनचाहाना साकोस, गोदावारी साकोस, खैरेनी साकोस र धोबि साकोस बीच २१ बँुदे सहमतिका...
काठमाडौँ, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट सुरु भएको छ। पार्टीको बैठकमा नै देउवाले प्रचण्डकोपछि बेकार लागिएछ भनेर उदासीनता देखाउन थालेको स्रोतले खुलायो । देउवाले...