देउवा–प्रचण्डबीच खटपट सुरु : देउवानै भन्न थाले-प्रचण्डकोपछि बेकार लागिएछ

 न्यूज विराट
देउवा–प्रचण्डबीच खटपट सुरु : देउवानै भन्न थाले-प्रचण्डकोपछि बेकार लागिएछ

काठमाडौँ, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट सुरु भएको छ। पार्टीको बैठकमा नै देउवाले प्रचण्डकोपछि बेकार लागिएछ भनेर उदासीनता देखाउन थालेको स्रोतले खुलायो ।

देउवाले मन्त्रीमण्डल विस्तार गरौँ भन्दापनि माधवकुमार नेपाल समूहलाई नराखे आफूहरुपनि नबस्ने भन्र्दै बार्गेनिङ्ग गर्ने गरेको, पहिले एमसीसी पास नै आफ्नो पहिलो शर्त भन्ने प्रचण्ड अहिले यो शब्द नै सुन्न नचाहन थालेको देउवाको गुनासो छ । प्रचण्डले नै सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न नदिएको देउवाको आरोप छ ।

पहिले राखिएको थियो तर त्यो शब्दमा नै ‘प्रचण्ड’ को आपत्ति रहेकाले पछि हटाईएको स्रोतको दावी छ । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाले खुलेर नै भन्न थाल्नुभएको छ । नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाउनुभयो । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’, निधिको प्रश्न थियो ।

जवाफमा देउवाले भन्नुभयो, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’ निधिले भन्नुभयो पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा सरकार के कति कारणले नबोलेको हो जवाफ चाहिन्छ ।भेलामा काँग्रेस नेता जीवनबहादुर शाही पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले पनि चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने ठोकुवा नै गर्नुभयो । तर देउवा भने यसबाट पन्छिने प्रयास गर्नुभयो । ‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्’, प्रधानमन्त्री देउवाको जवाफ थियो ।

स्रोतका अनुसार, निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोज्नुभएको थियो । उहाँले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताउनुभयो प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आउनुभएको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा रहनुभएन ।

सम्बन्धित समाचार

प्रदेश प्रमुखद्धारा बजेट प्रमाणिकरण

विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणिकरण भएको छ । प्रदेश प्रमुख खापुङ्गले शुक्रबार बजेट प्रमाणिकरण गरेका हुन् । प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई...

रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभाबक भेला

पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको रेडस्टार अङग्रेजी बोडीङ स्कुलको सिनभिलेज पार्टी प्यालेसमा मंगलबार २३ औं बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ । विद्यालयका फाउन्डर तथा प्रधानाध्यापक टिएन तिम्सीनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बनायो छात्राका लागि शौचालय

विराटनगर । रोटरी क्लव विराटनगर डाउनटाउनले गायत्री संस्कृत विद्यालय विराटनगरमा छात्राहरूका लागि शौचालय ब्लक बनाइदिएको छ । रोटरीको यो परियोजना निर्माणलाई काठमाडौं लायन्स क्लबले लायन्स राजधानी सेवा केन्द्र, जिल्ला ३२५ एचको सहकार्य र आर्थिक सहयोग...

पद सम्हालेको १०० दिनमा १० करोडलाई खोप दिने बाइडेनको बाचा

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले पद सम्हालेको एक सय दिनमा १० करोड नागरिकलाई खोप दिने लक्ष्य रहेको बताएका छन् ।  बाइडेनले आफ्नो कार्यकालको सुरुमा नै महामारी अन्त्य गर्न नसकेपनि आफूले कोभिड–१९ को बाटो भने मोड्ने बाचा...

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...

अतिरिक्त क्रियाकलापमा  पनि शिक्षादीप अब्बल : एन्जल र सुगम भए मावि स्तरीय निबन्ध प्रतियोगितामा प्रथम 

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा  समेत अब्बल साबित भएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको शिक्षादीपले अतिरिक्त क्रियाकलापहरूमा पनि आफूलाई अब्बल साबित गर्न सफल...

प्रदेश १ मा २ जनाको मृत्यु, १४३ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर, २१ भदौ–प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

एजेन्सी, असार १७-दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्