विराटनगर । कोशी प्रदेश सभा सचिवालयले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आज दिउँसो तीन बजे हुने निर्वाचनका लागि सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो।
दिउँसो ११ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्। मनोनयन प्रदेश सभा सचिवालयमा हुनेछ। मनोनयन दर्ता भएको उम्मेदवारीको नामावलीको सूची प्रकाशन १ बजे, उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध १ देखि साढे १ बजेसम्म रहेको छ । उम्मेदवारको अन्तिम नामवली प्रकाशन साढे २ बजे गर्ने भएको छ ।
कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् । सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अमरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने दलहरुको तयारी छ ।
विराटनगर, चैत ११–भारतको पञ्जाब बाट सुनसरी आइपुगेका दुई जना युवालाई इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको छ । इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकामा एकजना...
पर्सा, २३ भदौ-वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका- १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । गत १४ साउनमा स्वाब...
विराटनगर, ८ चैत । ४० वर्षदेखि भारतको जेलमा सुनुवाइको मौकासमेत नपाई थुनामा परेका इलामका दुर्गाप्रसाद तिम्सिना आज बिहान नेपाल आइपुगेका छन् । तिम्सिनालाई कोलाकाताको उच्च अदालतले शनिबार रिहाइ गरिदिएपछी उहाँ आफन्तका साथ नेपाल आएका हुन्...
काठमाडौं, १९ चैत-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको...
एजेन्सी, चैत १३-भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका छन् ।...
काठमाडौं, ११ पुस-नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीचबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको हो । भेटमा प्रचण्ड र गौतमबीच पछिल्लो...
विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...
इथियोपियाको क्षेत्रीय राजधानी मिकेली विद्रोहीले कब्जा गरेका छन् । टिग्रेस्थित विद्रोही फौजले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । उक्त राजधानी इथियोपियाको फौजले गत नोभेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो । तर,...