कोरोना संक्रमितलाई खाना पुर्‍याउने रोबाेट बनाउँदै महावीर पुन

 न्यूज विराट
कोरोना संक्रमितलाई खाना पुर्‍याउने रोबाेट बनाउँदै महावीर पुन

काठमाडौं, ३० चैत-राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई खाना वा अन्य सामग्री पुर्‍याउनका लागि रोबाेट बनाउन सुरु गरेको छ । आइसोलेसन वार्डमा रहेका संक्रमित बिरामीलाई खाना पुर्‍याउने यो रोबाेट २–३ दिनभित्र तयार हुने आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

‘आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि खानासहित विभिन्न सामग्री पुर्‍याउने रोबाेट बनाइरहेका छौँ,’ उनले भने, ‘अहिले पार्टपुर्जा जोड्ने काम भइरहेको छ । १/२ दिनभित्र हामी तयार गरिसक्छौँ ।’

सुरुवातमा परीक्षणका लागि एउटा रोबाेट बनाउन लागिएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । उनका अनुसार रोबाेट निर्माण भएपछि सैनिक अस्पताल छाउनीमा परीक्षण गरिनेछ ।

त्यस्तै, केन्द्रले कोरोना संक्रमितको उपचारका लागि थप २ काम पनि पूरा भएको जनाएको छ । केन्द्रले कोरोना संक्रमितका लागि आवयश्यक पर्ने एरोसोल बक्स र इमर्जेन्सी भेन्टिलेटर तयार भएको जनाएको हो ।

सम्बन्धित समाचार

‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...

सामाजिक युवा अभियन्ता राहुलले आश्रममा पुगेर मनाए जन्मदिन

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित...

पत्रकार नविन कर्णलाई पितृ शोक

विराटनगर । पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उनका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो । कर्णको अन्त्येष्ठी विराटनगरस्थित परोपकार घाटमामा आज दिउँसो...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

काठमाडौं, १३ साउन-मंगलबार नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ साउनमा निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल–...

भारततर्फ लाँदै गरेको ६० लिटर अवैध घरेलु मदिरा बरामद

सप्तरी , बैशाख २८–सप्तरीमा पछिल्लो समय अवैध घरेलु मदिरा भारत तर्फ तस्करी हुने गरेको पाइएको छ । सप्तरीका विभिन्न सीमा नाकामा बन्दाबन्दीको मौका छोपी अवैध मदिरा भारत तर्फ ओसार पसार गर्ने गरेको पाइएको हो ।...

मोरङको बुढीगंगामा लहरी घरमा पल्टियो, एकै परिवारका दुईसहित तीनको मृत्यु

विराटनगर। मोरङ बुढीगंगा गाउँपालिका – ४ प्रगतिटोलमा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडकखण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुंगा बोकेको आरजे २९ जीबी १५६१...

राप्रपा विराटनगर महानगर कमिटीको अध्यक्षमा वैद्य

विराटनगर,६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद शाह, शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्वमोहन थापा,दिनेश शाह,नरेश...

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्