विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् । विराटनगरमा आइतबार साझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचति भएका हुन् । ढकालले ४६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी राईले १२ मत मात्र ल्याए । सचिबमा गोपाल रिजालले ३० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी दिपक प्रसाद घिमिरले २८ मत पाए । सहकारीको अध्यक्ष र सचिब पदमा निर्वाचित भएको थियो । अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमा निर्वाचित भएका ढकाल मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको मोरङ पब्लिक स्कुलका प्रिन्सिपल पनि हुन् ।
उपाध्यक्ष नन्दलाल मण्डल, सहसचिबमा दिपेन्द्र राई, कोषाध्यक्षमा हिराबहादुर मगर, सहकोषाध्यक्ष नेत्रप्रसाद गडतौला रहेका छन् । सदस्यहरुमा देवीलाल महतो, अर्जुन श्रेष्ठ, दिनेश ढुङ्गना, केदार पौडेल, महेन्द्र मण्डल रहेका छन् ।
सहकारीको ९२ जना सेयर सदस्य मध्ये ६० मत खसेको थियो । एक मत बदर भएको थियो । एसबीएससी मोरङ जिल्लाभरीको रहेको संस्थागत विद्यालय आवद्ध भएको सहकारी हो । २०६७ मंसिर १५ गते सहकारी स्थापना भएको हो । सहकारीको बचत निक्षेप २ करोड ५२ लाख , कोष हिसाब ६ लाख ८० हजार , ऋण लगानी २ करोड २७ लाख रुपैयाँ रहेको छ । शेयरमा २२ लाख ७७ हजार रुपैयाँ रहेको छ । सहकारीले प्रत्येक वर्ष एसबीएससी सिंगीन स्टार, चित्रकला प्रतियोगितालगायतका विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ । सहकारीले एसबीएससी सिंगीन स्टार हरेक वर्ष आयोजना गरिएको प्रतिष्ठित प्रतियोगिता हो ।
विराटनगर, १० वैशाख । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय...
पाेखरा, १२ वैशाख-पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति पोखराले...
एजेन्सी, जेठ २०-इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेतान्याहुको कार्यालयले एक कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । यद्यपि नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहु...
काठमाडौं, २४ असोज-नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागको...
बाँके, २८ जेठ-बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको...
विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित...
काठमाडौं, १२ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...
विराटनगर, ९ पुस-धनकुटामा बसको ठक्रबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको हो । बिहिबार बिहान धनकुटा–७ जिरो प्वाईन्टमा को...