
विराटनगर, ९ पुस-धनकुटामा बसको ठक्रबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको हो ।
बिहिबार बिहान धनकुटा–७ जिरो प्वाईन्टमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने बस र बसका चालक ३१ बर्षीय नविन लिम्बुलाई नियन्त्रणमा लिइर आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।