सुन्दरहरैंचाको कर घटाउन दबाब, मेयरविरुद्ध उत्रिए राजनीतिक दल र व्यवसायी
शुक्रबार, ०६ पुष, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने चेतावनी राजनीतिक दल र उद्योगी व्यवसायीले दिएका छन् ।
बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दल र उद्योगी व्यवसायीले बिहीबार विराटचोकमा पत्रकार सम्मेलन गरेर दिएका हुन् ।
आर्थिक वर्ष २०८०÷८१ मा नगरपालिकाले जग्गा वर्गीकरणको नाममा सय प्रतिशत कर बढाएको सुन्दरहरैंचा नगरपालिकाका पुर्वमेयर शिवप्रसाद ढकालले बताए । खेती किसानी गरेर आफ्नो दैनिकी चलाउनेलाई करको दर उच्च भएको कारणले समस्या भएको उनको भनाइ छ । ‘आर्थिक अवस्था टाट पल्टिएको अवस्थामा नगरपालिकाले नगरबासीको ढाड सेक्नेगरी कर बोकाएको छ,’ उनले भने, ‘त्यो पनि अवैज्ञानिक तरिकाले कर बढाएको छ । तत्काल बढाएको कर समायोजन गरिनुपर्दछ ।’ स्थानीय उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले करवृद्धिको विरोध गर्दै तत्काल समायोजन गर्न माग गरेका हुन् । करको दर बढेपछि सबै क्षेत्रलाई समस्यामा परेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी सुन्दरहरैचा, सुन्दरहरैचा उद्योग वाणिज्य संघ, सुन्दर दुलारी उद्योग वाणिज्य संघले विरोध जनाएका छन् ।
‘हरेक क्षेत्रमा करवृद्धि गरिएको छ,’ माओवादी केन्द्र सुन्दरहरैचा नगरपालिका अध्यक्ष दुष्यान्त भट्टराईले भने, ‘राजस्व परामर्श समितिको बैठकमा आफूहरूले करवृद्धि नगर्न सुझाव दिएपनि बेवास्ता गर्दै नगरपालिकाले एकलौटी ढंगले करवृद्धि गरेकोले सच्याइनुपर्छ ।’ कार्यपालिकाको बैठकले जग्गा वर्गीकरणलगायतका विभिन्न शिर्षकहरुमा कर वृद्धि गरेको थियो । स्थानीय र राजनीतिक दलको चौतर्फी विरोध भएपछि नगरपालिकाले करबारे कार्यदल गठन गरेको छ । सुन्दरहरैचना नगरपालिका १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालको नेतृत्वमा कार्यदल गठन भएको नगर प्रमुख केदारप्रसाद गुरागाईले बताए । ‘सामान्यता १० प्रतिशतसम्म करको दर बढाउन पाइन्छ, त्यहि अनुसार हामीले बढाएको हो’ उनले भने, ‘अहिले कार्यदल गठन भएकोले कार्यदलले दिएको प्रतिवेदनको आधारमा समायोजन गरिनुपर्ने देखियो भने कार्यपालिकामा लगिन्छ ।’ तर, नगरपालिकाकाले समयसापेक्ष रुपमा नै कर बढाएको उनले दावी गरे ।
नगर प्रमुख माथि लगाए १५ आरोप प्रमुख ६ वटा राजनीतिक दल र उद्योग वाणिज्य संघहरुले भने नगर प्रमुख गुरागाइमाथि १५ आरोप लगाएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी विभिन्न १५ आरोप लगाएका हुन् । सुन्दरहरैचा ५ मा रहेको फुटबल ग्राउण्डलाई नगरस्तरिय खेल मैदानको रुपमा विकास गर्न तथा संरक्षण गर्न कुनै पहल नगरिएको, नगरपालिकाले सुरक्षा गरिराखेको वडा सुन्दरहरैचना १० मा रहेको चार बिघा १६ कठ्ठा जग्गाको व्यवस्थापन र सदुपयोग गर्नुपर्नेमा नगरप्रमुखले एकलौटी निर्णय गरी सशस्त्र प्रहरी विद्यालय खोल्न दिने प्रयास भएको, सामुदायिक विद्यालयको विकासमा ठोस कदम र नीति नगरपालिकाबाट नबनाई शिक्षालाई पार्टीकरण गर्ने प्रयास भएको उनीहरुको आरोप छ । यस्तै ईन्द्रपुर रंगशाला तथा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि घेराबारा शुरु गरिएको १९ बिघा ७ कठ्ठा जग्गा विभिन्न नाममा मिचिएकोमा नगरपालिकाले संरक्षणका लागि कुनै चासो नदिएको, नगरपालिकाभित्रको खोला नालाको नियोजित रुपमा ठेक्का नलगाइ अमानतमा कर उठाउने बहानामा करोडौ भ्रष्टाचार गरिएको उनीहरुको आरोप छ । नगर प्रमुखले भूमिहिन तथा सुकुम्बासी समस्या समाधानका लागि कुनै पहल नगरेको साथै शुरु भएको नापजाँच, निश्सा वितरण कार्यसमेत रोकेर मुकदर्शक बनेको, पूर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन तथा मेडिकल कलेज स्थापनाका लागि पहल नगरेको आरोप पनि गुरागाईंमाथि लगाइएको छ । मेयर गुरागाईंमाथि नेपाली काँग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, माओवादी केन्द्र नगर अध्यक्ष दुष्यान्त भट्टराई, नेकपा एकिकृत समाजवादीका अध्यक्ष तीलकप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैचाका सभापति टेकमणि न्यौपाने (विवेक), जनमुक्ति पार्टीका जिल्ला उपाध्यक्ष पुरन राई, जनता समाजवादी पार्टी नगर अध्यक्ष शंकर देवान, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल र सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन ढुङ्गानाले हस्ताक्षर गरि आरोपहरु लगाएका हुन् ।
काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा...
विराटनगर । जाडोमा मादक पदार्थ सेवन (मापसे) खाएर सवारी साधन चलाउने भएको मोरङ ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।विरामी बोक्ने एम्बुलेन्स, विद्यार्थी बोक्ने स्कुल बस र यात्रु ओसार–पसार गर्ने सिटी सफारीका सवारी चालकहरुले मादक...
विराटनगर, ५ असार-प्रदेश १ बाट शुक्रबार १० जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत १० जना उपचारपछि डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा खोटाङ, सुनसरीका ३/३, उदयपुर र...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुन अझै सकेको छैन । हिजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो । मतदानपछि निर्वाचन...
एजेन्सी, जेठ १८–संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा...
काठमाडौं, २० वैशाख-पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन् । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए...
उदयपुर, ६ वैशाख-उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधिलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने माग जनस्तरबाट उठेपछि जिल्ला प्रशासन कार्यालयमा यसबारे छलफल भइरहेको छ । अहिले त्रियुगा–११ बोक्सेस्थित जिल्ला प्रशासन कार्यालयमा मेयर बलदेव चौधरीसहितका जनप्रतिनिधि र जिल्लाका अधिकारीबीच छलफल भइरहेको...
मोरङ, २५ कात्तिक-आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले एक अर्ब ९४ करोड ५२ लाख...