अत्याधुनिक भवनबाट न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा, १.५ टेस्लाको एमआरआई सुचारु

 न्यूज विराट
अत्याधुनिक भवनबाट न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा, १.५ टेस्लाको एमआरआई सुचारु

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको हो ।

अस्पतालको नयाँ भवनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा रहेको अस्पतालको संरक्षण प्रदेश सरकारले गर्ने बताए । निर्धक्क भएर व्यवसाय गर्ने बातवरण सरकारले बनाउने उनले बताए । सरकार बलियो भए स्वास्थ्य संस्थाहरु दरिलो उनले उनले बताए ।


स्वास्थ्य सेवाग्राहीहरुको आवश्यक्ता तथा अपेक्षा पनि परिवर्तन हँुदै गइरहेको अवस्थामा एउटा अग्रणी स्वास्थ्य संस्थाको रुपमा सेवा सुविधाहरु समय सापेक्ष रुपमा परिष्कृत गर्दै लाने उद्देश्य सहित अत्याधुनिक नयाँ भवन सहित सेवाहरु बिस्तार गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । अस्पतालले १५ करोड लागतमा नयाँ १.५ टेस्लाको एमआरआई ल्याएर सेवा सुरु गरेको छ । अल्टासाउण्ड पनि नयाँ रहेको अस्पतालले जनाएको छ । एमआरआइ संचालनमा आएसँगै यस अस्पतालमा दुई वटा एमआरआइ बाट सेवा प्रदान हुने उनले बताए ।

‘जुन कोशी प्रदेशमा नौलो अभ्यास हुनेछ । पहिलो तल्लामा पूर्ण वातानुकुलित ओपिडी सेवा सन्चालन रहेको छ,’ उनले भने, ‘ जहाँ सेवाहरुलाई डिजिटल रुपमा प्रवाह गरिनेछ ।’ त्यसैगरि माथिका तल्लाहरुमा आइसियु तथा एचडियू वार्डहरु रहेको अस्पतालले जनाएको छ । ‘यी सबै थप सेवाहरुको सन्चालनसँगै स्वास्थ्य सेवाग्राहीहरुले यस अस्पतालबाट मल्टिस्पेशियालिटी सेवा मात्र हैन अब सुपरस्पेशियालिटी सेवाको लाभ लिन पाउनु हुनेछ’, पत्रकार सम्मेलनमा भट्टराईले भने ।


स्वास्थ्य सेवाको माध्यमबाट हामीले राष्ट्रकै उन्नतीमा आफुलाई समाहित गरेको उनले बताए । ‘यस प्रयासबाट यस क्षेत्रको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नुको साथै यो एउटा गर्व गर्न लायकको उत्कृष्ट नमुना समेत हुने कुरामा हामी विश्वस्त छौ,’ उनले भने ।
२३ वर्ष अगाडी न्यूरो अस्पताल १० शैयाको न्युरोलोजी सेवाबाट अस्पतालका संस्थापक डा. बिरेन्द्र कुमार विष्टज्युले सेवा सुरु गरेका हुन् । हाल १५० शैययाको बहुआयामिक अस्पतालको रुपमा विकसित भइसकेको उनले बताए । ‘विगतका वर्षहरुलाई नियालेर हेर्ने हो भने बिराटनगरको स्वास्थ्य क्षेत्रले ठुलो फडको मारेको छ, र बिराटनगर मेडिकल हबको रुपमा स्थापित हुदैछ,’ अध्यक्ष विष्टले भने, ‘यो मेडिकल हबको एउटा जिम्मेवार भागको रुपमा हामी आफनो भुमिका प्रति सदैव गम्भिर र इमान्दार रहेका छौ ।’
न्यूरोमा न्योलोजी, मुटु रोग सेवा, जनरल मेडिसिन,स्त्री रोग तथा प्रसुती, मानसिक, नेफोलोजी, ग्याष्ट्रोलोजी, आपातकालिन, रेडियोलोजी, चर्म तथा यौन रोग, फिजियोथेरापी,संक्रमण रोग, न्यूरो सर्जरी, हाडजोर्नी, जनरल सर्जरी तथा ल्याप्रोस्कोपिक, नवजात शिश तथा बाल स्वास्थ्य सेवाहरु संचालनमा रहेको छ।

सम्बन्धित समाचार

टी–१० क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा एनबीएससी लायन्स विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटनको दोस्रो खेलमा एनबीएससी लायन्सले फुलबारी क्रिकेट क्लबलाई...

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख जना नाघ्यो

अमेरिकामा कोराना संक्रमितको संख्या ३ लाख नाघेको छ ।पछिल्ला १ दिन २३ हजार ४ सय ६४ जना नयां संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ३ लाख ६ सय २५ पुगेको हो । त्यस्तै अहिलेसम्म अमेरिकाम मृत्यु...

विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो ’ हुने, १५ करोडको कारोबार हुने अपेक्षा

विराटनगर । विगतका वर्षहरु झैं यस वर्ष पनि मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर – २ शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड...

विराटनगरका सुभाष कामतलाई अपहरण गरी १० लाख फिरौती माग्ने तीन जना पक्राउ

विराटनगर, १६ फागुन । शरीर बन्धक (अपहरण)बनाइ १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय...

शेयर चलखेलबारे तीन दिनभित्र स्पष्टीकरण बुझाउन एनसीसी बैंकलाई नेप्सेको पत्र

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले आइतबार शेयरमूल्यमा असर पार्ने किसिमका गतिविधि गरेको आशंका गर्दै स्पष्टीकर माग गरेको हो । नेप्सेले सूचना जारी गर्दै शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि किसिमको...

पहिलो घण्टा नेप्सेमा युटर्न : साढे ११ बजे ८० अंकको ह्रास, १२ बज्दा २४ अंकको वृद्धि

कारोबार सुरु भएको पहिलो १५ मिनेटमा २६ अंकले ह्रास आएको मंगलबारको नेप्से कारोबारमा पहिलो ४५ मिनेटमा युटर्नका साथै त्यसपछिको १५ मिनेटमा उच्च अंकको उतारचढाव आएको छ । साढे ११ बजेसम्म अधिकतम ८० अंकले ह्रास आएको नेप्से...

मानवअधिकार समितिको निर्देशन : एकल महिलाको भत्ता कटौती नगर्नू

काठमाडौं, १२ जेठ-प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरूले खाइपाइ आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ । एकल महिलाले ६० वर्ष पुगेपछि मात्रै भत्ता पाउने प्रावधान सरकारले लागु गरेपछि समितिले चालु अधिवेशनबाट...

स्वास्थ्य मन्त्रालयले भन्यो : फेरि लकडाउन हुँदैन

काठमाडौं १६ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी (लकडाउन) नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ । यही ७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्