रोग लाग्न नदिन जीवन शैली परिवर्तन गरिनुपर्नेमा जोड

 न्यूज विराट
रोग लाग्न नदिन जीवन शैली परिवर्तन गरिनुपर्नेमा जोड

विराटनगर । रोग लाग्न नदिन जिवन शैलीमा परिवर्तन ल्याउनुपर्ने एक कार्यक्रममा स्वास्थ्यकर्मीहरुले बताएका छन् । विराटनगरमा आइतबार भएको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणकालागि वहुक्षेत्रिय कार्ययोजना सम्वन्धि कार्याशाला गोष्ठिलाई बोल्दै सहभागि चिकित्सकहरुले यस्तो बताएका हुन् ।

उनीहरुले सर्ने रोगबाट भन्दा पनि नसर्ने रोगबाट मानिस धेरै विरामी पर्न थालेको बताए । त्यसैले रोकबाट बच्नको लागि खानपीन र जीवनशैलीमा ध्यान दिनुपर्ने उनीहरुले बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगीता कौशल मिश्राले सुर्तिजन्य पदार्थको सेवनकै कारण क्यान्सर तथा विभिन्न प्रकारका रोग लग्ने गरेको बताइन् । ‘६० प्रतिशत मानिसहरु अहिले कुनै न कुनै रोगबाट ग्रसित भएका छन्,’ उनले भने, ‘सूर्तीजन्य पद्धार्थ रोक्न सकेमात्र भनेपनि धेरै रोगबाट बच्न सकिन्छ । त्यसैले हामीले खानपीन र जीवन शैली परिवर्तन ल्याउन जरुरी रहेको छ ।’ अवस्थकर खानपीनको कारणले धेरै रोगहरु निम्याउने गरेको उनले बताइन् ।
विराटनगर महानगरपालिलका स्वास्थ्य माहाशाखा प्रमुख हैदर अलिेले विराटनगर महानगरपालिकाले नसर्ने रोग रोकथाम र नियन्त्रणका लागि डेढ करोड भन्दा वढि वजेट छुटयाएता पनि त्यो वजेट अपुग रहेको बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महागनरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिक्तामा राखेर काम गरिरहेको बताए । उनले अहिले विभिन्न प्रकारका रोगहरुको महामारी फैलिरहेकाले त्यसको नियन्त्रणका लागि तीनै तहको सरकार विच समन्वय आवश्यक रहेको बताए । केन्द्र सरकारले स्वास्थ्य क्षेत्रका लागी वजेट वनाउदा स्थानियतहको आवश्यकतामा ध्यान दिनुपर्ने उनको भनाई थियो । स्वास्थ्य क्षेत्रकालागि केन्द्रिय सरकारले स्थानियतह संग समन्वय गर्दै एकै प्रकारको निति ल्याउनु पर्नेमा उनले जोड दिए । महानगर प्रमुख कोइरालाले विभिन्न रोग लाग्न नदिन जिवन शैलीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । मान्छेको आयु वढाउन स्वथ्य खानपान, नित्य व्यायाम , सरसफाइ तथा वतावरण संरक्षणमा जोड दिनु जरुरी रहेको उनको भनाई छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पराजुलीले क्यान्सर, मधुमेह, उच्च रक्तचापतथा स्वास प्रस्वास जस्ता नसर्ने रोगको व्यवस्थापनमा जोड दिए । सिमित साधनश्रोतका वावुजुदपनि महानगरपालिकाले नसर्ने रोगको सहज उपचारकाका निम्ति वजेट विनियोजन गरेको वताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका वडाध्यक्षहरु काजीबहादुर बस्नेत,वासु वहादुर वस्नेत, सुर्यलाल यादव, तिर्थेन्द्र न्यौपाने,कुमार पोखरेल तथा जितेन्द्र साह लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागित रहेको थियो ।

सम्बन्धित समाचार

उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मी पनि डिस्चार्ज

विराटनगर, बैशाख २६–कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव...

झापामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ–झापाको झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लारेर एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी माथि स्थानीय आक्रमणमा उत्रिएपछि प्रतिरक्षाका लागि शसस्त्र प्रहरीले चलाएको गोलि लागेर स्थानीय ३८ वर्षिय रमिकुल आलमको मृत्यु भएको...

सञ्चार विधेयकमा भएको कमजोरी सच्याउन तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्। विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्‌घाटनमा बोल्‍दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।उनले भने, ‘ सरकार प्रादेशिक...

पर्यटनको प्रवर्द्धन गर्न विराटनगरमा फोटो प्रर्दशनी

विराटनगर । विराटनगरको हिमालय रोडमा फोटो प्रर्दशनी आयोजना गरिएको छ । कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । विराट पर्यटन महोत्सवमा चार दिने फोटो...

उत्कृष्ट करदाताका रुपमा जीवन विकास सम्मानीत

विराटनग, ८ मंसिर–यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्त वित्तिय संस्थालाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको...

प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप

काठमाडौं, ४ मंसिर-नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद थप भएको छ । गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको भए पनि मन्त्रिपरिषद्‌ले एक एआईजीसमेत...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : नरपथगञ्ज र एपीएफ विजयी

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश...

विप्लव नेकपाका जिल्ला सदस्यसहित ५ जना पक्राउ

विराटनगर, फागुन ६–संखुवासभाको चैनपुर १ स्थित गुफापोखरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर– ४, दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित ५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्