विप्लव नेकपाका जिल्ला सदस्यसहित ५ जना पक्राउ

 न्यूज विराट
विप्लव नेकपाका जिल्ला सदस्यसहित ५ जना पक्राउ

विराटनगर, फागुन ६–संखुवासभाको चैनपुर १ स्थित गुफापोखरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर– ४, दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित ५ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट विस्फोटक पदार्थसमेत बरामद भएको छ । संखुवासभाका विभिन्न स्थानमा आगजनी र बम विस्फोट गरिरहेकाको खोजी गर्ने क्रममा उनीहरूलाई गुफापोखरीबाट जोरपाटी जाने सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीको गस्ती टोलीले बमसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट रेडबुल बम, सकेट बम, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युजलगायत कागजातसमेत बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

विराटनगर । घरेलु टोली विराटनगर सिटी बीसीएफले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै...

भारतमा आन्दाेलित किसानहरूमाथि मन्त्रीका छाेराले कार कुदाए, आठ जनाकाे मृत्यु

एजेन्सी, १८ असोज । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसानहरूको...

भोलि बिहानदेखि देशभर ‘लकडाउन’

सरकारले मंगलबार बिहानबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

टायर पड्कीँदा भारतीय नागरिको मृत्यु

विराटनगर, बैशाख १७–बिराटनगर–१३ मा गाडीको टायर पड्कीँदा भारत समस्तिपुरका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर–१३ स्थित एक घरको सटर भाडामा लिई गाडिको टायरको पम्चर बनाउने काम गर्दै आएका हैदरको चक्कामा हावा हाल्ने...

सीमा सुरक्षा कमजोर भएको परराष्ट्रमन्त्री ज्ञवालीद्वारा स्वीकार

 काठमाडौं, २९ वैशाख-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा क्षेत्रमा नेपालको उपस्थिति कमजोर भएको स्वीकार गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भारतसँग सीमा जोडिएका पश्चिमी नाकामा केही दिनमै बीओपी थप गर्ने प्रतिबद्धता जनाएका छन् । सीमा...

झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको...

बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

काठमाडौं, १५ पुस-बागमती प्रदेशमा नेकपा संसदीय दल औपचारिक रुपमा विभाजित बनेको छ । बुधबार बसेको प्रचण्ड–माधव नेपाल पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । पार्टी...

अनुशासन उल्लघंन गर्ने सांसदलाई कारवाही गर्न एमालेले गठन गर्यो संसदीय बोर्ड

काठमाडौं, चैत्र ५-नेकपा एमालेले पार्टीको अनुशासन उल्लंघन गर्ने सांसदलाई कारवाही गर्ने बाटो खोलेको छ । संसदीय दलको बैठकले कारवाही गर्न गठन गर्नुपर्ने संसदीय बोर्ड बनाएको हो । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्