टि– २० रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने
शनिबार, १६ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो ।
आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुस ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँको साथै आकर्षक ट्रफी रहेको छ । उपबिजेताले नगद ५१ हजार रुपैयाँ पाउनेछन् । रंगेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष बेदमणी घिमिरेले जानकारी दिए । ‘अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशि बढन पनि सक्नेछ,’ उनले भने, ‘सहयोग गर्ने स्पोन्जर दाता राम्रो आउँदा हामी विजेता र उपबिजेताको राशी बढनेछौं ।’
प्रतियोगितामा रंगेलीका ६ वटा टिमको सहभागिता रहने खेल संयोजक अभिषेक मण्डलले जानकारी दिए । रंगेली नगरपालिका भित्रको खेलाडीको टिमहरु रहने उनले बताए । लिग चरणको आधारमा प्रतियोगिता हुनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार रहेको छ । प्रतियोगताको म्यान अफ द सीरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिब राजन पनेरुले जानकारी दिए । प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार राखेको छ । हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनलको म्यान अफ द म्याच हुने खेलाडीलाई २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख २९ हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको...
विराटनगर ३ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२, झापामा चार र प्रदेश एक बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको...
विराटनगर, ८ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाबाट नेपाली कांग्रेसका स्थानीय नेतासहित एक दर्जन जुवाडे पक्राउ परेका छन् । गत कात्तिक ४ गते सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै जुवा खालमा जुवा खेलीरहेको अवस्थामा...
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट...
विराटनगर, १८ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । होम आईसोलेसनमा रहेका मन्त्री घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको स्वकीय सचिवालयले जनाएको छ । सचिवालयले आज विज्ञप्ती प्रकाशित...
विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवनासहितको माग दाबी लिएर मुद्दा...
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ ।कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा २०७९ जेठ १६ मा...
विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा...