तुलसी सहकारी घोटला प्रकरण : अध्यक्ष शर्मालाई विराटनगर ल्याएर फेरी लगियो कैलाली

 न्यूज विराट
तुलसी सहकारी घोटला प्रकरण : अध्यक्ष शर्मालाई विराटनगर ल्याएर फेरी लगियो कैलाली

विराटनगर । बचतकर्ताहरुको करडौं रुपैयाँ घोटला प्रकरणमा पक्राउ परेका तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले विराटनगर ल्याएर फेरी कैलाली लगेको छ ।
जिल्ला अदालत मोरङमा रहेकोे सहकारी ठगी मुद्दाका मुख्य प्रतिवदी रहेका शर्मालाई बिहीबार राति मोरङ प्रहरीले विराटनगरमा ल्याएको थियो । प्रहरीले मोरङ अदालतमा शुक्रबार हाजिर गरायो । शुक्रबार थुनछेक बहसपछि उनललाई पुर्पक्षको लागि कारागारमा राख्ने आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालले थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मोरङ अदालतमा दायर भएको ठगी मुद्दामा अध्यक्ष शर्मासहित गत चैत २४ गते सहकारीको कर्मचारीसहित ६ जना विरुद्ध प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । प्रतिवादीहरु सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सहकारी सचिव न्यौपाने अध्यक्ष शर्माकी पूर्व श्रीमती हुन् । उनीहरु अहिले पुर्पक्षको लागि थुनामा रहेका छन् । शर्माविरुद्ध ठगी मुद्दामा देशभरीको ३८ जिल्लामा मुद्दा रहेको छ । मुद्दा रहेको जिल्लाभरी उनलाई प्रहरीले उपस्थित गराउँछ ।
अदालतले थुनामा पठाउने आदेश दिएपनि शर्मालाई कैलाली जिल्ला अदालत धनगढी पठाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । कैलालीमा अर्काे मद्दा भएका कारण त्यहाँ पठाएको उनले बताए । कैलालीपछि दाङ लैजाने तयारी छ । दाङमा पनि ठगीको मुद्दा छ ।

१ फागुन २०७९ देखि सहकारी बन्द छ । २०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालनको जिम्मा २०७२ सालमा केदारनाथ शर्माले लिएका थिए । विराटनगरको विराट नर्सिङहोम चोकमा कार्यालय खोलेर उनले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय खोलेका थिए । मोरङको लेटाङमा शाखा कार्यालय खोल्ने तयारी थियो । मुख्य कार्यालय विराटनगर र तीन वटा शाखा कार्यालयमा २१ हजार १ सय ५४ जना बचतकर्ताले एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत संकलन गरी सञ्चालक फरार भएका थिए । फरार भएका अध्यक्ष शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको थियो ।
सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार १ सय ७८ वटा निक्षेप खाता छन् । दमक शाखामा ६ हजार ९६८, गाइघाट शाखामा ३ हजार ३ सय ३४, गोलबजार शाखामा ६७४ सहित २१ हजार १५४ वटा खाता छ । तुलसी सहकारीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखामा ६० करोड ७२ लाख ९३ हजार, गाइघाट शाखामा २३ करोड ६६ लाख ९६ हजार र गोलबजारशाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन गरेको थियो । सहकारी संस्थामा सर्बसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्माले अनाधिकृत रुपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरेका थिए ।
सर्वसाधारणको एक अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ अध्यक्ष शर्माको ६ वटा कम्पनीलाई ऋण लगानी गरेको देखिन्छ । सहकारीको कुलपूजी एक अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँ छ । जसमध्ये एक अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ खर्चको हिसाब प्रहरीले अनुसन्धानका क्रममा भेटेको थिएन् ।

सम्बन्धित समाचार

थपिए २९३३ संक्रमित, ३१५० डिस्चार्ज

काठमाडौं, १७ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा...

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

विराटनगरमा स्त्रीरोग सम्वन्धि दक्षिण एशियाली सम्मेलन हुँदै

विराटनगर, फागुन ८–मोरङको बुढीगंगामा स्त्रीरोग संवन्धि दक्षिण एशियाली सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था (नेसोग) पुर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा युरोगाईनोकोलोजी संवन्धि...

टेलिभिजनको लाइभमै ओबामा, बुस र क्लिन्टनले कोरोनाको खोप लगाउने

एजेन्सी, १९ मंसिर-अमेरिकाका तीन जना पूर्व राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले टेलिभिजनको लाइभ प्रशारणमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकको एजेण्डा भने मन्त्रीहरूलाई बताइएको छैन । बिहीबार बिहान एमालेको स्थायी कमिटी बैठक बसेको थियो...

कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं, २५ साउन-कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो ।   सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव...

प्रदेश १ मा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ११३ जना थपिए

विराटनगर, २६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

महिला टिमलाई विश्वकप पुर्याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएम स्कुलले गर्यो सम्मान

विराटनगर । यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप पुर्याउने मुख्य प्रशिक्षक महेशप्रसाद रिजाललाई विराटनगरमा रहेको विकेभिएम स्कुलले सम्मान गरेको छ । शुक्रबार स्कुलमा आयोजित कार्यक्रममा स्कुलले रिजाललाई खादा, माला र मायाको चिनो प्रदान गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्