विराटनगरमा स्त्रीरोग सम्वन्धि दक्षिण एशियाली सम्मेलन हुँदै

 न्यूज विराट
विराटनगरमा स्त्रीरोग सम्वन्धि दक्षिण एशियाली सम्मेलन हुँदै

विराटनगर, फागुन ८–मोरङको बुढीगंगामा स्त्रीरोग संवन्धि दक्षिण एशियाली सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था (नेसोग) पुर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा युरोगाईनोकोलोजी संवन्धि सातौं अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो ।

आगामी फागुन ९ र १० गते विराट मेडिकल कलेजको प्राङ्गणमा हुने अन्तराष्ट्रिय सम्मेलनमा १ सय ५० जना बरिष्ठ विशेषज्ञ चिकित्सकको सहभागिता रहने विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीले जानकारी दिए । सम्मेलनमा सहभागि बरिष्ठ चिकित्सकले स्त्री रोग संवन्धि समस्या भएका २० जनाको जटिल शल्यक्रिया गरिने उनले बताए ।

सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा मनाईरहेका बेला मेडिकल टुरिजमको विकासका लागि अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको अध्यक्ष कार्कीले बताए । स्त्री रोग संवन्धि जटिल शल्यक्रियाका लागि प्रदेश १ र २ बाट आवेदन आएको उनले जानकारी दिए । युरोगाईनोकोलोजी संवन्धि दक्षिण एशियाली महासंघ दक्षिण एशियाली मुलुकका स्त्रीरोग संवन्धि जसमा महिलाको तल्लो पेट, प्रजजन तथा पिसावसँग संवन्धित अंग र अविकसित अंगको पुनसंरचनाको क्षेत्रमा कार्यगर्ने विशेषज्ञ चिकित्सकहरुको संगठित संस्था भएको विराट मेडिकल कलेजका अध्यक्ष डा.कार्कीले बताए ।

अन्तराष्ट्रिय सम्मेलनमा भारत गुजरातका बरिष्ठ चिकित्सक डा.विनित मिश्रा सहित पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत, बेलायत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, सिंगापुरका बरिष्ठ चिकित्सकको सहभागिता रहने विराट मेडिकल कलेज टिचिङ हस्पिटलका उपाध्यक्ष डेनिश कार्कीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा हुने सम्मेलन फागुन १० गते प्रतिबद्धता सहितको पत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर १७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ...

विनायक स्कुलमा ३८ जना विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर – १२ स्थित विनायक वोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययरत ३८ जना विद्यार्थी दिक्षित भएका छन् । स्कुलमा बुधबार एक कार्यक्रम आयोजना गरि ३८ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा...

कोशी क्रिकेट महोत्सव २०२५ विराटनगरमा सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर...

पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख

पाेखरा, १२ वैशाख-पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति पोखराले...

सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे ‘पार्टी’को सिद्धान्त फेरेर बजेट ल्याइँदैन

काठमाडौं, २९ वैशाख-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र...

विराटनगर आएर डा. शेखर कोइरालाले भने-ऐन कानुन संशोधन गरेर निर्वाचन सार्नु हुँदैन

विराटनगर, १६ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन कुनै बहानामा सार्न...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, धरान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा घरेलु टिम मिल्स भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै धरान...

२ हजार ४ सय रुपैयाँले फेरि बढ्यो सुन 

काठमाडौं, २९ साउन-बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेर आज सुनको मुल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्