स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु पर्छः महामन्त्री शर्मा

 न्यूज विराट
स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु पर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकांबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्ने बताउनु भयो ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वरा आज यहाँ आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानूनी तथा वित्तिय सुशनासन सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले स्थानीय निकायका नेकांका ३३२ प्रमुखहरुले संगठीत रुपमा जनतको कार्य गरि पार्टीलाई वलियो बनाउनु पर्नेमा जोड दिनु भयो ।

महामन्त्री शर्माले लोकतान्त्रिक प्रणाली प्रतिको जनताको विश्वासलाई घनिभुत बनाउन जनप्रतिनिधिहरुको ठूलो भूमिका रहेको चर्चा गर्नु भयो ।

उहाँले  स्थानीय निकायले प्राप्त अधिकारलाई सर्तकताका साथ नागरिकको हितका लागि प्रयोग गर्न आग्रह गर्नु भयो ।

महामन्त्री शर्माले लोकतन्त्रमा लोकतन्त्रको विरुद्ध सडकमा प्रदर्शन गर्न पाउनु नै सबै भन्दा सुन्दर पक्ष भएको चर्चा गर्नु भयो ।

उहाँले अहिले हाम्रो ध्यान मुख्य रुपमा भूकम्पबाट पीडितहरुका लागि  अस्थायी टहरा निर्माण  एवं न्यानो कपडा व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

नेका केन्द्रीय सदस्यत्रय डा डिला संग्रैला, सरिता प्रसाई र  भीम पराजुलीले लोकतन्त्रको जग स्थानीय तह भएकोले जनप्रतिहरुलाई कानूनी अडचनका विषयहरुमा जानकारी दिनु पर्ने सुझाव दिनु भयो ।

कोशी प्रदेश सभा सदस्य हिमाल कार्की,नेकां मोरङ उपसभापति भक्ति माझी,  गुरु घिमिरे,वरिष्ठ अधिवक्ता भरतबहादुृर थापा, समूहका मोरङ अधयक्ष डिल्लीप्रसाद दाहाल, कर्णाली प्रदेका अध्यक्ष पदमबहादुर शाही ,केन्द्रीय उपाध्यक्ष कविता वस्नेतले स्थानीय तहको कानून समस्या समाधान गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

सकियो आइटिएफ तेक्वान्दोको दुई दिने सेमिनार

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की...

शनिबार उपत्यकाका ८ जनासहित देशभर ३३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ असार-शनिबार उपत्यकाका ८ जनासहित ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका ७ जना र काठमाडौंका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता...

व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघको माग

विराटनगर, १६ वैशाख । अग्रपंक्तिमा रहने व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराटनगरका व्यवसायीहरुले माग गरेका छन् । अग्रपंक्तिमा रहेर उपभोक्ताहरुलाई अत्यावश्यक वस्तु उपलब्ध गराउने व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघले प्रदेश सरकारसँग माग...

रुकुम पश्चिम घटनाः ३४ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भोलि

सुर्खेत, ३२ जेठ-रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ । घटनाको आवश्यक छानबिनपछि प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र

विराटनगर, फागुन १८–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र पारिएको छ । विराटनगरमा आगामी चैत २२ गते हुने महासंघ मोरङको २२ औँ जिल्ला भेला तथा १२ औँ जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको...

नेकपा स्थायी कमिटी बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं, २६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० असारदेखि जारी स्थायी कमिटी बैठक साढे दुई महिनापछि शुक्रबार सकिएकाे छ । बैठकले पार्टी विवाद समाधान गर्न अध्यक्षद्वयले गठन गरेका सुझाव कार्यदलले दिएको सल्लाहअनुसार अध्यक्ष एवं...

१५ वर्षीया बालिकाको पथरीको लामाटोलीमा हत्या

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका – ७ लामाटोलीमा एक जना बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । खोटाङ घर भइ पथरीशनीश्चरे ७ मा बस्दै आएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राती धारिलो...

प्रदेश ५ मा कोरोना परीक्षणको दायरा बढाइँदै  

बुटवल, २० जेठ-कोरोना संक्रमितको संख्या वृद्धिसँगै प्रदेश ५ मा परीक्षणको दायरा बढाइने भएको छ । अन्य प्रदेशको तुलनामा आवश्यक जनशक्ति, प्रयोगशालाको क्षमता कमजोर हुँदा यहाँ परीक्षण सुस्त छ । हालको जनशक्ति कमी हुँदा प्रदेश ५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्