व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघको माग

 न्यूज विराट
व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघको माग

विराटनगर, १६ वैशाख । अग्रपंक्तिमा रहने व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराटनगरका व्यवसायीहरुले माग गरेका छन् । अग्रपंक्तिमा रहेर उपभोक्ताहरुलाई अत्यावश्यक वस्तु उपलब्ध गराउने व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघले प्रदेश सरकारसँग माग गरेको हो ।

स्थानीय साना तथा खुद्रा व्यापारीहरुको उपभोक्तासँग प्रत्यक्ष सम्पर्क हुने भएकाले उनीहरुमा कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै संघले खोप उपलब्ध गराउन माग गरेको हो ।

प्रदेश सरकारक सामाजिक विकास मन्त्री उषाकला राईलाई भेट्दै संघका अध्यक्ष सुजन थापाले पसल, वर्कशप, सार्वजनिक यातायात, सपिङ मल लगायतका क्षेत्रहरुमा उपभोक्ताको चाप अत्याधिक हुने र स्थानीय व्यावसायीहरु कोरोनाको उच्च जोखिममा रहेकाले खोप उपलब्ध गराउन माग गरेका हुन् ।

उनले पहिलो चरणको खोप लक्षित वर्गले मात्र पाएको भन्दै स्थानीय व्यापारी÷व्यावसायीहरुलाई पनि खोप उपलब्ध गराउनु पर्ने माग गरे । अध्यक्ष थापाले पुर्नजिवित हुन थालेका व्यापार÷व्यावसायहरु कोरोना महामारीका कारण पुनः थलिदै गएको बताए ।

उहाँले व्यापार सहजीकरणका आवश्यक पहल गरिदिन समेत सरकार सँग आग्रह गरे । सामाजिक विकास मन्त्री राईले अग्रपंक्तिमा रहे व्यापारी वर्गलाई खोप उपलब्ध गराउनेबारे आवश्यक पहल गरिने आश्वासन दिइन् ।

उनले ‘म्युटेन्ट भेरियन्ट’ सहितको कोरोना तुलनात्मक रुपमा बढी जोखिमपूर्ण भएकाले तत्काल आफैले सुरक्षाका विधिहरु अपनाउन आग्रह गरिन् । विराट व्यापार संघमा आबद्ध १ हजार ८ सयभन्दा बढी व्यापारीहरुले कोरोनाविरुद्धको खोप नलगाएको संघले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङमा १६७ सहित प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

विराटनगर, ११ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामाा १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र...

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।राष्ट्रियसभा सदस्यको लागि खिमलाललाई प्रदेशसभाका १०५ मध्ये ५८  र स्थानीय तहबाट १२८ मत प्राप्त गरे  निकटतम प्रतिद्धन्द्धी रामबहादुर थापाले प्रदेशसभा तर्फ ...

जनप्रतिनिधिको अगुवाईमा विकासले तीव्रता पायो

[caption id="attachment_47349" align="alignnone" width="1000"] मंगलबारे पूर्व पथरीखोलामा पुल निर्माण कार्यको अनुगमन÷नीरिक्षण गर्दै वडाध्यक्ष, वडा सदस्यहरु र स्थानीय ।[/caption] किर्तिपुर, ५ चैत । पथरीशनिश्चरे वडा नं. ७ मा विकास निर्माणले तीव्रता पाए पछि वडावासी हर्सीत भएका...

सुनको भाउ ताेलामा ४ सय रुपैयाँ घट्याे

काठमाडाैं, ७ भदौ-सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको...

आज १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो...

देशभर थपिए ८९६० संक्रमित, ५०५५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ९६० जना संक्रमित थपिएका छन् । २० हजार २४५ जनाको पीसीआर र एन्टिजेन गर्दा सो संख्यामा कोरोन संक्रमित थपिएका हुन् । आज ५ हजार ५५ संक्रमित निको भएर डिस्चार्ज...

प्रचण्डलाई काम गर्न नदिएर विवाद निम्तिएको होः सांसद मण्डल

विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् । प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई...

महामन्त्रीमा चुनाव हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने गगन थापाको घोषणा

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा पुनः निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्