प्रहरी निरीक्षक ऋषि राज ढकाल उत्कृष्ट प्रहरी घोषित
शुक्रबार, ०८ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कायरत प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ढकाललाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
प्रहरी संगठन भित्र ढकाल अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतको रुपमा परिचित रहेका छन् । ढकालले विभागीय मूल्य मान्यता, आदेश– निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी घोषित गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए ।
ढकालले जिल्ला उदयपुर बेलका नगरपालिका वडा १ आम्बासी स्थित कार्तिक १३ , १४ र १५ गते मलद्वार भित्र राखी अवैध लागू औषध ल्याउँदै गरेका युवाहरुलाई पक्राउ गर्न सफल भएका थिए । भारतबाट अवैध रुपमा लागूऔषध ल्याउने नविन राई, पुकार परियार, मुकेश राई, सुमन तामाङ, अनमोल काफ्लेलाई पक्राउ गरेका थिए । त्यसैगरी इप्रका रामपुर ठोक्सिलाको प्रहरी प्रमुख भएर ढकाल गएपछि विभिन्न मुद्दामा दोषी ठहर भइ कैद तथा जरिवाना तोकी फरार भएका एकै दिन १३ जना फरार प्रतिवादीलाई बेलका नगरपालिकाको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएका थिए । उनी आएपछि ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि ढकालले एकै दिन एक दर्जन बढी फरार अभियुक्त पक्राउ गरेका थिए । यसरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इप्रका रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी निरीक्षक ढकाललाई उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरीले जनाएको छ ।
विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित राजवंशीलाई गृह नगरी विराटनगरमा भव्य स्वागत गरिएको छ । खेलकुद संग सम्बन्धीत विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरुले राजवंशीलाई...
काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट...
विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो । मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण...
शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन् । ३ सय ५ सिटे क्षेमताका दुबै जहाजर फूल प्यासेन्जर बोकेर...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्थानीय स्तरमा उत्पादन हुने ढाकालाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर प्रवद्र्धन गर्ने नीति लिएको बताएका छन् । विराटनगरमा आजबाट सुरु भएको तीन दिने ढाका महोत्सवको उद्घाटन गर्दै...
काठमाडौं, ३ असोज-पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि...
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल...
विराटनगर । १०४ औं मनमोहन जन्म जयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्व विद्यालयले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रेहको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा जन्म जयन्तीमा शनिबार...