जवानीमा अपराध, बुढेसकालमा सजाय

 न्यूज विराट
जवानीमा अपराध, बुढेसकालमा सजाय

विराटनगर । मोरङ मिक्लाजुङ्गका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधजको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरेका छन् । मिक्लाजुङ गाउँपालिका –१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवी प्रसाद राईले कर्तब्य ज्यान मुद्दामा जवानीमा गरेको अपराधको सजाय १६ वर्षपछि आएर बुढेसकालमा कैद भुक्तान गर्दै आएका हुन् ।

प्रहरीको अनुसार उनीहरुले २०६४ जेठ २० गते राती मोरङ रमितेखोला–४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं.१ बस्ने जाहेरवाला सुकजित राईको दाजु बर्ष ३५ का सन्तोष राईलाई प्रतिवादीहरु धनकुमार राई समेतले कुटपिट गरि हत्या गरेको आरोप छ । हत्या गरेपछि उनीहरुले जंगलमा लगी गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धान पछि २०६७ सालमा मोरङ अदालतको फैसलाले धनकुमार र देवीप्रसादलाई पाँच वर्ष कैद सजय ठहर गरेको थियो । उनीहरुले अपराध गर्दा धनकुमारको उमेर ३४ वर्ष थियो भने देवीप्रसादको ५४ वर्ष उमेर रहेको थियो । उनीहरुले अपराध गरेको १६ वर्षपछि मंगगलबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि मोरङ अदालत बुझाएर कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

यसअघि पनि प्रहरीले खुन डाँका मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका ७ का ८७ वर्षिय विश्वास चौधरी थारु ३६ वर्षपछि खुनडाँका मुद्दामा पक्राउ परेको थियो । ०४२ सालमा थारु विरूद्ध थारु जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो ।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परेको थिए । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।
यस्तै विराटनगर महानगरपालिका ३ का ८५ वर्षिय धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो । धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो । धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो । अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनायो । अदालतको फैसलापछि प्रहरीले उक्त घटनामा संलग्न ६ जना पक्राउ गरेको थियो ।

उल्लेखित घटनाले ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउछन् भन्ने देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर ६ गतेसम्म १६५ जना फरार प्रतिवादी पक्राउ गरी कानुनी कारवाहीको दायारमा ल्याएको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ । त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरु पक्राउ गरिने फरार प्रतिवादी पक्राउ अभियान नै सुरू गरिएको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । अभियान अन्र्तगत चार महिनामा १६५ जना फरार प्रतिवादी पक्राउ गरिएको उनले बताए ।

‘अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो,’ उनले भने । अभियानका माध्यमवाट अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको उनले बताए । ‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी पोखरेलले भने । जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको एसपी पोखरेलले बताए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ एसपी पोखरेलले भने ।

सम्बन्धित समाचार

‘फेवा आइडलले केराबारीको शिर उचो बनाएको छ’

  किशन शाही केराबारी । उत्तरी मोरंगमा संञ्चालित शैक्षिक संस्थाहरुको तुलनामा नीजि क्षेत्रको अग्रणी भूमिका निर्वाह गर्न सफल स्कुल विद्यार्थीहरुका लागि उत्कृष्ट प्लेटफर्म भएको समाजसेवी तथा शिक्षापे्रमीहरुले बताएका छन् । प्रतिभा पहिचान र प्रस्फुटनका लागि...

मदन जयन्तीमा कटहरीमा नेकपाको वृक्षारोपण

विराटनगर, असार १४–मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा कटहरी–५ स्थित भौँडाहामा पनि वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कटहरी गाउँ कमिटीको आयोजनामा वडा नं. ५ भौँडाहा स्थित दलित सामुदायीक भवन परिसरमा बृक्षारोपण गरिएको...

देशभर एकै दिन थपिए १ हजार ५३९ संक्रमित

काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै दैनिक कोरोन संक्रमण पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-...

लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो । रंगेलीमा...

कर्णालीमा ३३ अर्बकाे बजेट

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...

एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागिसमर्थकलाई प्रहरीले नियन्त्रण लियो

एजेन्सी, ११ माघ । रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागि हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसियाका विभिन्न शहरमा भएको प्रदर्शनमा उत्रिएका करिब तीनहजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजधानी मस्कोमा...

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

काठमाडौं, १५ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जना मनोनीत भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रका विभिन्न सङ्गठनमा रहेर काम गरिसकेका ६ जनालाई बोर्डमा नियुक्त गरेका हुन् । रिम रानाभाट,...

प्रदेश २ लागि थप ४ पीसीआर मेसिन खरिद गर्ने निर्णय

जनकपुरधाम, २६ जेठ-प्रदेश २ सरकारले थप ४ वटा कोरोना परीक्षण गर्न पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको आजको बैठकले थप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्