किशन शाही केराबारी । उत्तरी मोरंगमा संञ्चालित शैक्षिक संस्थाहरुको तुलनामा नीजि क्षेत्रको अग्रणी भूमिका निर्वाह गर्न सफल स्कुल विद्यार्थीहरुका लागि उत्कृष्ट प्लेटफर्म भएको समाजसेवी तथा शिक्षापे्रमीहरुले बताएका छन् ।
प्रतिभा पहिचान र प्रस्फुटनका लागि फेवा आइडल भन्ने नाराका साथ विद्यालयले आयोजना गरेको फेवा डान्सिङ आइडल सिजन टुको फाइनल साँस्कृतिक कार्यक्रममा जनप्रतिनीधि तथा शिक्षा प्रेमीहरुको तर्फबाट बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।
विगत २४ वर्षको अन्तरालमा फेवाले शैक्षिक सांस्कृतिक तथा कला संस्कृतिको क्षेत्रमा पुर्याएको विकास गौरव गर्न लायकको भन्दै विद्यालयले केराबारीको शिर उचो बनाउँने कार्य गरेको शिक्षासेवी टेकबहादुर थपलियाले बताएका छन् । २४ वर्षको शैक्षिक यात्रामा संस्थापकहरुले के पाए के पाएनन भन्दा पनि विद्यालयले अविभावक शिक्षक समाजका लागि जुन गौरब गर्न लायकको छाप बनाएको छ त्यो नै ंशैक्षिक इतिहासमा स्मरणीय रहेको थपलियाले बताउँनुभयो । खदम क्याम्पस केराबारीको प्रमुख समेत रहनुभएका थपलियाले कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य प्रस्तुत गर्नुहुदै फेवाले अविभावक शिक्षाप्रेमी विद्यार्थीका लागि पुर्याएको योगदान केराबारीमा सधै चर्चामा रहने गरेको समेत बताउँनुभयो ।
sdr
त्यसैगरी समाजसेवी वडा नं. ८ का वडाध्यक्ष मनोज खड्काले सांस्कृतिक कला र शैक्षिक क्षेत्रको लागि फेवा बोर्डिङ उत्तरी मोरङमा उत्कृष्ट प्लेटफर्म बनेको भन्दै प्रशंसा गरे । कार्यक्रममा विशेष अतिथीको मन्तव्य प्रस्तुत गर्दै खड्काले विद्यालयका प्रिन्सिपल जेपी मल्ल र भाइस प्रिन्सिपल पुष्पवहादुर हमालले दिनुभएको लगाव स्थायी जग हो खड्काल भने । आगामी दिनमा सामुदायिक तथा निजि विद्यालयको व्यवस्थापन र संञ्चालनमा स्थानीय तहले समय परिस्थिती अनुसार शैक्षिक कार्यवीधि बनाउनुपर्छ ।
कार्यक्रममा विद्यार्थीहरुको नियमित उपस्थिती पठन पाठन तथा विद्यालयलाई सकारात्मक सुझाव सल्लाह दिने उत्कृष्ट १० जना अविभावकहरु गीता विष्ट,भिमकुमारी लिम्बु, पद्मा लिम्बु,राजन थापा, सनिता साह , कल्पना मगर ,सुनिता साहु, सशीकला चेम्जोङ, दिलवहादुर विक र इन्दिरा श्रेष्ठलाई सम्मान गरेको छ ।
त्यसैगरी विद्यालय प्रथम हुन सफल युनिसा सूवेदी, विद्यालय दोश्रो र तेश्रो हुन सफल रोहन पाण्डे र सकुन राईलाई नगद सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
यसैविच कलाकारीताको माध्यमबाट विद्यालय समुदाय र आफनो नाम राष्टिय स्तरमा पहिचान बनाउन सफल कलाकार एलिसा ठकुरी सहित फेवा डान्सिङ आइडल सिजन १ का जुनियर र सिनियर तर्फका बिजेताहरु कस्तुरी भण्डारी सजना लिम्बुलाइ पनि विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा नीजि विद्यालयका शिक्षक,सामुदायिक विद्यालयका शिक्षक,विभिन्न संघसंस्थाका प्रतिनीधि,जनप्रतिनीधि,लगायत समाजसेवी शिक्षाप्रेमीहरुको आतिथ्यता रहेको सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल जेपी मल्लले नीजि विद्यालय र विद्यालका संञ्चालक प्रतिको दृष्टिकोण नबदले सम्म समाजमा शैक्षिक क्षेत्रको विकास सम्भव नहुने बताउनुहुदै आगमी दिनमा राज्यले उचित व्यवहार गर्नुपर्ने खाचो रहेको बताउनुभयो । कार्यक्रम विद्यालयका अध्यक्ष रमेश चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
dav
सारीका र श्रेस्तालाई फेवा आइडलको ताज
यसैविच प्रतिभा पहिचान र प्रस्फुटनका लागि फेवा आइडल भन्ने नाराका साथ विद्यालयले आयोजना गरेको फेवा डान्सिङ आइडल २०७५ सिजन टु को अन्तिम फाइनलमा सारीका मगर र श्रेस्ता लिम्बुले फेवाको ताज जितेका छन् ।
शुक्रबार भएको सिजन टु को फाइनलमा सिनियर तर्फ कक्षा ७ मा अध्ययनरत श्रेष्ता लिम्बुले अन्य दुइ प्रतिस्पर्धालाई पछि पार्दै विनरको ताज पाएकी हुन् । आइडलको फाइनल राउण्डमा कक्षा ९ मा अध्ययनरत नेहा राई फस्ट रनरअप , नुमा चेम्जोङ सेकेण्ड रनरअप भइन् ।
त्यसैगरी जुनियर तर्फ नामसेमी लिम्बु फस्ट रनरअप र कृतिका लिम्बु सेकेण्ड रनरअप घोषित भए । बिजेताहरुलाई फेवा डान्सिङ आइडल सिजन १ कि पुर्व बिजेता कस्तुरी भण्डारीले विनरको स्ट्राइप संगै ताज पहिर्याई दिएकी थिइन् । कार्यक्रमका प्रमुख अतिथी खदम क्याम्पसका प्रमुख टेकवहादुर थपलियाले मेडल प्रमाण पत्र सहित गिफ्टह्याम्पर र नगद ५००० हजार सहित पुरस्कार तथा गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
हेटाैँडा, १७ वैशाख-कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्द्धक जडीबुटीको...
बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार...
काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १ सहजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...
काठमाडौं, २७-अर्थन्त्री डा . युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । सत्तारुढदल भित्र निरन्तर जटिल बन्दै गएको एमसीसी मुद्दाका विषमा मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्रीले यस्तो जवाफ दिएका...
काठमाडौं, १६ जेठ-सरकारले भारतबाट नेपाल फर्काउन १८ भन्दा बढी नाका तोकेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन देशका विभिन्न नाकाहरूलाई आधिकारिक रूपमा तोकेको हो ।...
सुर्खेत, २४ जेठ-कर्णाली प्रदेशमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५ सय ८७ पुगेको छ । शुक्रबार १ सय थपिएपछि कोरोना संक्रमितको संख्या ४ सय ८९ पुगेको थियो । आज थप ९८ जनामा कोरोना पुष्टि भएको...
काठमाडौं, १७ वैशाख-धानमन्त्री केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छिरेका अधिकांश सांसद भित्रै अड्किएका छन् । ओलीले संसदमा आफ्नो बहुमत देखाउनका लागि हस्ताक्षर अभियान सुरु गरेका थिए । बुधबार बिहानबाटै बालुवाटारमा...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १९६ महिला र २८६ पुरुषमा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै...