मोरङ ट्राफिकले सिटी सफारी चालकलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराउँदै

 न्यूज विराट
मोरङ ट्राफिकले सिटी सफारी चालकलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराउँदै

विराटनगर । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरुलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराएको छ ।
मोरङ ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा विराटनगरका सिटी सफारी चालकहरुलाई ट्राफिक चेतनामूलक कार्यक्रम गरी सवारी दुर्घटना न्युनिकरणको लागि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सिटी सफारी चालकलाई लक्षित गरी सवारी दुर्घटना न्यूनिकरण गराउने उद्देश्यले सडक अनुसुशासनको बारेमा जानकारी गराएको उनले बताए । साथै दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न, सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

विराटनगरमा सवारी दुर्घटनाको विश्लेषण गर्दा सवारी दुर्घटना सिटी सफारीको कारणले पनि दुर्घटना हुने गरेको छ । तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।

यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि सचेतना गरिएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी निरीक्षक न्यौपाने र प्रहरी नायव निरीक्षक सुन्दर श्याम पोखरेलबाट सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन पालना गराउने उदेश्य अनुरुप विराटनगर रानी खण्डमा संचालन हुने सिटी सफारीका ५० जना चालकहरुलाई भेला जम्मा गरी सचेतना गराएका थिए । उनीहरुलाई सडक अनुशासन, लेनअनुशासन, ट्राफिक चिन्ह संकेत तथा सडक रेखाहरुको जानकारी, ट्राफिक नियम तथा जरिवानाको बारेमा सैद्धान्तिक प्रशिक्षण प्रदान गर्नुका साथै सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता किताब अनिवार्य साथमा राखी सवारी चलाउन अनुरोध समेत गरिएको थियो ।

सम्बन्धित समाचार

खाटु निशान यात्रामा सेन्ट्रल मलद्वारा जुस र पानी बितरण

विराटनगर । खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई विराटनगरमा रहेको सेन्ट्रल मलद्वारा जुस र पानी बितरण गरेको छ । होलि पर्वको अवसर पारेर विराटनगर शनिबार निस्किएको खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई सेन्ट्रल...

विराटनगरबाट लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर, १४ माघ । विराटनगरबाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर–१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी...

नेपालले भारतलाई पत्र पठाएरै दियो दनक

काठमाडौं, १४ साउन-भारतले लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउने माग गर्दै पत्र पठाएपछि नेपालले पनि जवाफी पत्र पठाएको छ । नेपालले भारतलाई सो क्षेत्र नेपालकै भएको भन्दै पत्र लेखेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय...

शिक्षादीप कलेजले मनायो विज्ञान दिवस, उत्कृष्ट विद्यार्थीले पाए पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एघारौँ विज्ञान दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा आइतबार भव्य कार्यक्रम आयोजना गरी विज्ञान दिवस मनाएको हो ।दिवसको अवसर पारेर विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत...

माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं, चैत्र २० । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका...

नेपाल र चीनको सिनोफार्मबीच कोरोना खोप खरिदको सम्झौता, २४ असारदेखि हरेक साता आपूर्ति

नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो । सम्झौताअनुसार २४ असारबाट खोप आपूर्ति सुरु हुने...

कोशी प्रदेश सरकारले बुधबार ल्याउँदै नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत...

उत्तर काेरियाले काेराेनालाई ज्वराे भनिरहेकाे छ, त्यहाँ काेभिड संकट गहिरिएकाे हुनसक्छ: डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तर कोरियाको कोभिड महामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गतसाता कोभिड नियन्त्रणमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्