केन्द्रीय सदस्यमा निर्वाचित भएर विराटनगर फर्किएका मेयर पराजुलीले भने– अब दोश्रो पटक मेयर भएर अधुरो काम पुरा गर्छु - News Birat

केन्द्रीय सदस्यमा निर्वाचित भएर विराटनगर फर्किएका मेयर पराजुलीले भने– अब दोश्रो पटक मेयर भएर अधुरो काम पुरा गर्छु

न्यूज विराट

विराटनगर, १२ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएर फर्किएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोस्रो पटक मेयर भएर अधुरा काम पुरा गर्ने बताएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित भएर सोमबार मात्र विराटनगर आइपुगेका मेयर पराजुलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पहिलो कार्यकालमा कोरोना महामारी र बाढीका कारण प्रयाप्त काम गर्न नपाएकाले दोस्रो पटक मेयर भएर अधुरा कामहरु गर्ने बताएका हुन् ।

उनले अहिलेको आफ्नो पहिलो कार्यकालमा बाँकी रहेका महत्वपूर्ण योजनामध्ये बुधनगरस्थित भेडियारीको महाभारतकालिन विराट राजाको दरबार निर्माण गर्ने बताए ।

मेयर पराजुलीले निर्वाचनमा पराजय भएका सबैलाई समेटेर अघि बढ्ने समेतबताए । केन्द्रीय सदस्य निर्वाचित भएर विराटनगर आएका मेयर पराजुलीलाई कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles