वर्षाका कारण स्थगित भयो इण्डो–नेपाल क्रिकेट प्रतियोगिताका सेमिफाइनल खेल, भोली निर्धारित समयमै हुने

 न्यूज विराट
वर्षाका कारण स्थगित भयो इण्डो–नेपाल क्रिकेट प्रतियोगिताका सेमिफाइनल खेल, भोली निर्धारित समयमै हुने

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको आजको दुई वटा सेमिफाइनल खेल वर्षाका कारण स्थगित गरिएको छ। बुधबार विराटनगरको जुट मिल खेलमैदानमा हुने भनिएका दुवै खेलहरू भोली शुक्रबार हुने आयोजकले जानकारी दिएको छ।
आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीका अनुसार, आज बिहानदेखि निरन्तर परेको वर्षाका कारण खेल मैदान जलमग्न भएपछि दुवै सेमिफाइनल खेलहरू स्थगित गर्ने निर्णय लिइएको हो। ‘मैदानको अवस्था खेल्न अनुपयुक्त रहेकोले खेलहरू भोलिका लागि सारिएको छ,’ उनले बताए। भोलीको सेमिफाइनल खेलहरू निर्धारित समयमा नै सम्पन्न हुने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।
प्रतियोगिताको उत्साहजनक यात्रापछि चारवटा टोलीहरू सेमिफाइनलमा प्रवेश गरेका छन् । विराटनगरको वाइआरसिसि क्रिकेट क्लब, भारतको हाइपर क्रिकेट क्लब पटना, विराटनगरको सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) र विराटनगरकै होराइजन क्रिकेट क्लब सेमिफाइलनमा पुगेको छ ।
क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै होराइजनले आयोजक मिल्स क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्‍यो भने एनबीएससीले भारतको मुन क्रिकेट क्लब सुपोललाई ६ विकेटले हरायो। त्यसैगरी, वाइआरसिसिले सिराहा क्रिकेट क्लबलाई ६ विकेटले र हाइपर क्रिकेट क्लब पटनाले झापालाई ७ विकेटले पराजित गरे।
भोलि हुने पहिलो सेमिफाइनलमा हाइपर क्रिकेट क्लब पटना र होराइजन भने दोस्रो खेलमा वाइआरसिसि र एनबीएससीबीच आमने सामने हुनेछन्।
मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार, चैत ३० गते हुने फाइनल खेलको विजेता टोलीले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख १ हजार नगद पुरस्कार हात पार्नेछ।

सम्बन्धित समाचार

एमालेको अवरोधकाबीच विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले...

चलचित्र पत्रकार कोशीको अध्यक्षमा राई, मोरङमा प्रेम देवान

विराटनगर । चलचित्र पत्रकार संघ कोशी प्रदेशको अध्यक्ष धरानकी सन्जु राई चयन भएकी छिन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा विरेन्द्र कुमार साह, सचिबमा सुवास संकल्प, सह–सचिब बिवल श्रेष्ठ र कोषाध्यक्षमा रश्मि थापा रहेकी छिन्...

कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ...

मंगलबार थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं, ६ साउन-मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५०...

चर्कोब्याजदर घटाउन माग राख्दै अर्थमन्त्रीसँग पुनः पूर्वको उद्योगीको भेट

विराटनगर । बैंकको चर्को ब्याजदर घटाउन माग राख्दै पूर्वका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री विष्णु पौडेलसँग पुन ः भेट गरेका छन् । आइतबार अर्थमन्त्री पौडेलसँग भेटर यहाँका उद्योगी व्यवसायीहरुले बैंकको चर्को ब्याजदर घटाउन माग राखेका हुन् ।...

कोरोनामुक्त भएर काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोन्सन

एजेन्सी, बैशाख १४-कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचार गराएर निको भएपछि उनी काम सुरु गर्न तयार भएको अधिकारीहरूले जनाएका...

मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता, सुनगाभा सेक्सन प्रथम

विराटनगर । विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले सोमबार कक्षा – ११ का विद्यार्थीहरुको लागि क्वीज प्रतियोगिता सम्पन्न गरेको छ ।क्वीजमा कक्षा ११ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम सुनगाभा सेक्सन भयो । द्वितीय सुनाखरी...

क्वारेन्टाइनका लागि अस्पतालको अलपत्र भवन पनि प्रयोगमा ल्याउने तयारी

जनकपुरधाम उपमहानगरपालिका- १३ मा ५० बेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । मणिपाल शिक्षण अस्पतालका लागि निर्माणाधीन अवस्थामै अलपत्र रहेको भवनमा आइसोलेसन कक्ष निर्माण गर्न लागिएको हो । यसको पूर्वाधार निर्माण, उपकरण तथा चिकित्सकलाई तालिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्