विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो ।
समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की रहेकी थिइन् । उनले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तर वृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याए अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने बताए । उनले पछिल्लो खेलकुदका घटनाक्रमले सरकार खेलप्रति गम्भीर भएर लाग्नु पर्ने देखिएको बताए । सरकारको न्यून बजेट र खेल नीतिमा खेल्दै खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देश नाम राख्न सफल भएको बताए ।
सरकारले विगतको जस्तो खेल क्षेत्रलाई हेला नगरी पर्याप्त बजेटका साथै खेल र खेलाडीहरुलाई सेवा सुविधा प्रदान गरे अझ अन्तर्राष्ट्रिय स्तरका खेलमा उच्च खेल प्रदर्शन गर्दै पदक ल्याउन सक्नेमा कुनै शंका नभएको अध्यक्ष कार्कीले बताए । सेमिनारमा २ सय ६५ जनाको सहभागिता रहेको थियो । कलर बेल्टमा प्राविधि अभिमुखीमा २ सय १५ जना तथा प्रशिक्षक प्रशिक्षणतर्फ ४५ जना रहेका छन् । उनीहरुले सैद्धान्तिक, व्यवहारिक, नयाँ खेलका नियमका साथै कसरी खेलाडीहरु प्रशिक्षण दिने भन्ने विषयमा प्राविधि ज्ञान दिएको छ ।
विराटनगर, २७ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक...
काठमाडौं, ११ जेठ-महानगरीय प्रहरी वृत्त कालीमाटीका सबै प्रहरीको आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । गत बुधबार वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि बाँकी प्रहरीको आज परीक्षण गरिएको हो । वृत्तमा कार्यरत...
विराटनगर । तुम लोसार २०१८ को अवसर पारेर विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको आयोजनामा विराटनगरमा शनिबार विहान उक्त प्रतियोगिता आयोजना गरिएको हो...
विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा पुगेका २६ जना प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् । सुनसरीको इटहरीमा गरिएको मिस ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । उनीहरूले गीत,...
काठमाडौं ३० साउन-स्वतन्त्रता दिवसकाे एक दिनअघि जम्मू-काश्मीरकाे नौगाममा आतंकवादीले प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा २ प्रहरी जवान मारिएका छन् भने अन्य ३ जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले नाैगाम क्षेत्रलाई प्रहरीले...
नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् । नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई...
विराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो । आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुखमा चुतरलाल चौधरी...
विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...