प्रदेश १ मा आज १०० जना डिस्चार्ज हुँदा १९ संक्रमित थपिए - News Birat

प्रदेश १ मा आज १०० जना डिस्चार्ज हुँदा १९ संक्रमित थपिए

न्यूज विराट

विराटनगर २३ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार १५५ पुगेको छ ।

प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९, मोरंगमा ५, झापामा ४ र ते¥हथुममा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, मोरंगको विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १–१ र ते¥हथुमको म्याङलुङका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या २९ हजार ९४७ पुगेको छ । सक्रिय संक्रमित ३२९ जना छन् ।

प्रदेश १ मा आज ३६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles